Best Khabar Team | २०७७ असार २४ गते बुधबार
०८ जुलाई, २०२०
दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न कारणले यहाँ आएर लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुमध्ये थप १ सय ४८ जनालाई आज उद्दार गरिँदैछ । कतारको दोहा विमानस्थलबाट नेपाल एयरलाईन्सको विमानमार्फत् आज ११ औं उद्दार उडानमार्फत् उनीहरुलाई काठमाडौं लैजान लागिएको नेपाली दुतावास स्रोतले जानकारी दिएको छ ।

उनीहरुलाई लिन नेपाली ध्वजाबाहक विमान आज बिहान दोहा आइपुगेको थियो । विशेष गरी रोजगारीका लागि यहाँ आएका मजदुर, उनीहरुका परिवारजन तथा अन्य विभिन्न काम विशेषले यहाँ आएर लकडाउनका कारण यही रोकिएकाहरुलाई सरकारले उद्दार गर्न लागेको हो । यसअघि कतारबाट सरकारले २ हजार बढी नेपालीहरुलाई उद्दार गरिसकेको छ ।
आजको उडानमा ३ जना महिलाहरुसमेत रहेको बताइएको छ । यस्तै रोजगारीको शिलशिलामा कतारमा पुगेर ज्यान गुमाएका २ जनाको शव पनि सोही विमानमा राखेर नेपाल पठाईएको छ । नेपाली ध्जजाबाहक विमान नेपाल एयरलाईन्सको विमानमार्फत् कतारबाट आज ११ औं पटक नेपालीहरुलाई उद्दार गर्न लागिएको हो ।
कतारमा अझै ४ हजार भन्दा बढी नेपालीहरु उद्दारको पर्खाईमा रहेको दुतावास स्रोतको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...
जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)
२०८२ भाद्र २५ गते बुधबार
१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...
Top