पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Best Khabar Team | २०७७ असार ११ गते बिहिबार


२५ जुन, २०२०
लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा ज्यान गएको छ । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित रहेका ५५ वर्षका एक पुरुषको उपचारकै क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्याएको सो अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । गएको असार ८ गते कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको अवस्था गम्भीर बन्दै गएको थियो ।

योसँगै नेपालमा कोराना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यसअघि सोही अस्पतालमा उपचारका क्रममा स्याङ्गजाकै एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top