Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका २ दर्जन बढी जिल्लामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रदेश र काठमाडौं उपत्यकामा रहेका विभिन्न ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशका निम्न जिल्लामा निम्न संख्यामा नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक डोल्पमा एक पुरुष र सेती प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु भएको छ । यस्तै हालसम्म ३ सय ६५ जना उपचारपछि घर फर्केका छन् ।
भारतबाट नेपाल आउने नेपालीहरुको संख्या बढ्दै गएका कारण कोरोनाको संक्रमण पनि बढेको बताइएको छ । नेपालमा हालसम्म एकैदिन आज देखिएको नयाँ संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...
‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न...
मकवानपुरमा पहिलो पटक देखियो कोरोना संक्रमण, देशभर २ सय ५८ जनामा कोरोना, ३६ जना निको भएर घर फर्के
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो...
जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...
Top