Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका २ दर्जन बढी जिल्लामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रदेश र काठमाडौं उपत्यकामा रहेका विभिन्न ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशका निम्न जिल्लामा निम्न संख्यामा नयाँ संक्रमित फेला परेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक डोल्पमा एक पुरुष र सेती प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु भएको छ । यस्तै हालसम्म ३ सय ६५ जना उपचारपछि घर फर्केका छन् ।
भारतबाट नेपाल आउने नेपालीहरुको संख्या बढ्दै गएका कारण कोरोनाको संक्रमण पनि बढेको बताइएको छ । नेपालमा हालसम्म एकैदिन आज देखिएको नयाँ संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते...
काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...
Top