Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०५ मे, २०२०
काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि पहिलो पटक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा नेपाली फर्कन शुरु गरेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको त्रिभुवन विमानस्थलमा आज पहिलो पटक म्यान्मारबाट नेपालीहरु स्वदेश फिर्ता भएका हुन् । उनीहरुलाई म्यान्मारबाट आएको त्यहाँको स्थानीय सेनाको जहाजले स्वदेश फिर्ता ल्याएको थियो ।

नेपालमा रोकिएका आफ्ना देशका नागरिकलाई लिन आएको सो विमानले नेपाल आउने क्रममा त्यहाँ अलपत्र परेका नेपालीहरुलाई पनि नेपाल ल्याइदिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । उनीहरु विमानस्थल आएपछि नेपाली सेनाको कोरोना नियन्त्रण विशेष टोलीले काठमाडौंको बसुन्धरास्थित ‘होल्डिङ्ग सेन्टरमा’ लगेर राखेको छ । उनीहरुको त्यहाँ कोरोना जाँच हुने र त्यसपछि सम्बन्धित प्रदेश र जिल्लाका लागि भनेर छुट्टाइएको क्वारेन्टाइनमा पठाउने तयारी भएको सैनिक स्रोतले जानकारी दिएको छ ।
सरकारले विदेशबाट आएका नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको व्यवस्थापनलगायतको काम नेपाली सेनालाई जिम्मा दिएको छ । म्यानमार एयरफोर्सको जहाजबाट आएका नेपालीहरुमध्ये कतिपय उतै रोजगारीको लागि बसेका नेपालीहरु रहेका छन् भने कतिपय भ्रमणको लागि त्यहाँ गएको र नेपाल तथा अन्य ट्रान्जिट मुलुकमा भएको लकडाउनका कारण उतै रोकिएका थिए ।

यसैबीच, संयुक्त अरब इमिरेट्सबाट पनि आज करिब डेढसय सयको हाराहारीमा नेपालीहरु नेपाल आउँदैछन् । उनीहरुलाई इमिरेट्स एयरको विमानबाट उनीहरुलाई नेपाल ल्याईने सरकारी स्रोतको दाबी छ । उनीहरु आज रातीसम्ममा काठमाडौं आइपुग्ने छन् । उनीहरुलाई काठमाडौं उपत्यका भित्र निर्माण गरिएका विभिन्न होल्डिङ् सेन्टरमा राख्ने तयारी सरकारले गरेको छ । बैदेशिक रोजगारीका लागि गएका उनीहरु नेपालमा जारी लकडाउनका कारण विगत ३ महिनादेखि दुबई र आसपासका शहरमा रोकिएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...
कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
Top