Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार
१२ अक्टोबर, २०१९
काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाको राजकीय भ्रमणका लागि केहीबेरपछि काठमाडौं आइपुग्दै हुनुहुन्छ । उहाँ चिनियाँ सेनाको विशेष विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सि नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली, काँग्रेस सभापति शेरबहादुर देउवालगायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

आजै साँझ उहाँको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा रात्रिभोज कार्यक्रम आयोजना गर्नुभएको छ । उहाँ काठमाडौं आएपछि केहीबेरको आरामपछि रात्रि भोजमा सहभागी हुनुहुने छ । चिनियाँ राष्ट्रपति सी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आइपुग्नुभएको हो । भारत भ्रमण रहेका चिनियाँ राष्ट्रपति भारतको भ्रमण पुरा गरी त्यतैबाट नेपाल आइपुग्नुभएको हो ।
भोलि बिहान चिनियाँ राष्ट्रपति नेतृत्वको चिनियाँ टोली र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीबीच भोलिबिहान भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्ता लगत्तै केही महत्वपूर्ण दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । सि को नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कक्षा ११ को बोर्ड परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने, एसईईका विद्यार्थीलाई साउन १५ भित्र लब्धांकपत्र दिने तयारी
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...
किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...
रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...
Top