खर्च धान्न नसकिने भन्दै संघीयता खारेजीको मागसहित संशोधन प्रस्ताव* दर्ता

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ मे, २०२०
काठमाडौं । मुलुकले संघीयता धान्न नसक्ने भन्दै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संशोधन प्रस्ताव दर्ता गराएको छ । नेपाल जस्तो गरिब देशले अहिलेको अवस्थामा संघीयताको नाममा हुने खर्च धान्न नसक्ने निष्कर्ष जनमोर्चाको छ । उसले स्थानीय निकायलाई अधिकार प्रदान गरिए संघीयता आवश्यक नभएकोमा पनि जोड दिएको छ ।

संसदबाट संविधान संशोधनको तयारी भै रहेका बेला जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको नाममा ब्रह्मलुट भै रहेको संघीयता खारेजी गर्न माग गर्दै आज संशोधन प्रस्ताव दर्ता गराएका हुन् । अहिलेको अवस्थामा संघीयताले खर्च बढाउने र गाउँगाउँमा नयाँ नेतालाई पाल्नुपर्ने दायित्व सरकारको काँधमा थोपरिएको जनमोर्चाको ठहर छ ।

उनीहरुलाई पाल्ने आर्थिकभार नेपाली जनताको थाप्लोमा पर्ने भन्दै संघियताको औचित्य नभएको राष्ट्रिय जनमोर्चाको ठहर छ । हालसम्म सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस तथा समाजवादी पार्टीलगायतले आ–आफ्नो पार्टी र दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

(*सच्चाइएको)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

लेखक भण्डारी भए ब्रह्मलिन लेखक भण्डारी भए ब्रह्मलिन

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित) तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित) एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...

Top