हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । जीप दुर्घटनामा परी विगत २२ दिनदेखि वेपत्ता हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष सिन्धु शाहीको शव आज भेटिएको छ । विकट हिमाली जिल्ला हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष शाहीसहित १२ जना सवार जीप २२ दिनअघि कर्णाली नदीमा वेपत्ता भएको थियो ।

शव लिन पुगेको हेलिकोप्टर ।

वेपत्ता जीप र यात्रुको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मीको टोलीले २ सातासम्म प्रयास गरेपनि केही भेटिन सकेको थियो । जीप दुर्घटनामा वेपत्ता १२ मध्ये खर्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीको शव आज भेटिएको प्रहरीको भनाई छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज शव भेटिएपछि हेलिकोप्टरबाट शव जिल्ला अस्पताल ल्याइएको छ । हेलिकोप्टरबाट घटनास्थल पुगेको प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले शव पहिचान गरेका थिए ।

शवको पहिचान गरेसँगै जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको टोलीले आवश्यक कानुनी प्रहरी पुरा गरी शवलाई आजै परिवारलाई बुझाइएको छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीबाट १२ जना यात्रु बोकेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको थियो । दुर्घटनामा परेका ११ जना अझै वेपत्ता छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई

२०७६ माघ ९ गते बिहिबार

२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...

भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...

Top