Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका एक युवकको आज दिउँसो ध्यान गएको छ । जिल्लाको दुल्लु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नपा ११ का ३५ वर्षका युवकको आज दिउँसो एक्कासी लडेको र त्यसको केही समयपछि नै ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनका कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले भने यो समाचार तयार पार्दासम्म यसको औपचारिक पुष्टि गरेको छैन । रोजगारीका लागि भारत गएका उनी १० दिनअघि जिल्ला फर्केर क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान क्वारेन्टाइनमा रहेकै बेला चिया खाएर यताउता हिँड्न लाग्दा एक्कासी लडेको र त्यसको केही बेरेमै उनको मृत्यु भएको बताइएको छ ।
दुल्लु नगरपालिकाले पनि उनको मृत्यु भएको पुष्टि गर्दै कोरोनाकै कारण उनको मृत्यु भएको जनाएको छ । यद्यपि उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण भने नदेखिएको बताइएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । यस्तै देशभर १ हजार ४ सय २ जनामा कोरोना देखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द
२०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...
नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...
Top