काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी अस्पतालका एक कर्मचारीसहित थप ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा काठमाडौंका ३५ वर्षका एक पुरुषसहित थप ३२ जनामा आज कोरोना संक्रमण भेटिएको उल्लेख थियो ।

काठमाडौंका ३५ वर्षका भनिएका ती पुरुष ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारी भएको अस्पताल स्रोतको भनाई छ । अस्पताल स्रोतका अनुसार ती व्यक्ति स्वास्थ्यकर्मी नभै अस्पतालको अन्य विभागमा काम गर्ने कर्मचारी हुन् । कर्मचारी संक्रमित भेटिएपछि अहिले अस्पताललाई सिल गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको तथ्याक संकलनको काम अघि बढाइएको छ । उनको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले आज जारी गरेको नियमित स्वास्थ्य बुलेटिनका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा १७ देखि ४२ वर्ष उमेर समूहका ७ जना पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, सर्लाहीमा १२ जना पुरुष र बाराकी एक महिला गरी कुल १३ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी भेटिएका १२ जना पुरुषहरु सर्लाही जिल्लाको गोडैता र कविलासी नगरपालिकाका स्थायी वासिन्दा भएको बताइएको छ । यस्तै बाराको कलैयाकी एक महिलामा पनि कोरोना देखिएको छ । यता रुपपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २० देखि ५५ वर्ष उमेर समूहका ८ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवन भरतपुरका ५२ वर्षका एक पुरुषमा कोरोना देखिएको छ ।

आज थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । हालसम्म ३ जनाको कोरानाका कारण ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणमा परी उपचार गराईरहेका मध्ये ७० जना कोरोनालाई जितेर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

२०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते ३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा...

नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि

२०७७ श्रावण १३ गते मंगलबार

२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...

Top