Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो । आज सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीमा ३, नवलपरासी पूर्वमा १ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैलाई आइसोलेनमा राखेर उपचार थालिएको छ ।
संक्रमित सबैको अवस्था सामान्य रहेको छ । यस्तै देशभर कोरोनाको संक्रमणमा परी उपचाररत ७० जनाको उपचार सफल भएको मन्त्रालयको भनाई छ । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारत २१ जना आज कोरोनालाई जित्दै घर फर्र्केका हुन् । यसअघि देशका विभिन्न स्थानका ४९ जनाले कोरोना संक्रमणलाई जितेका थिए ।

देशभर हालसम्म ३ जनाको कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा एक महिला र २ पुरुष रहेका छन् । संक्रमणमा परेर उपचारमा रहेकाहरुमध्ये सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ । कोरोना संक्रमण फैलन नदिन सरकारले आगामी जेठ २० गतेसम्मका लागि मुलुकभर लकडाउन गरेको छ ।
यस्तै जेठ ३१ गतेसम्मका लागि देशभरका सिमानाका बन्द गरिएको छ । हवाई उडान पनि आगामी जेठ ३१ गतेसम्मका लागि बन्द गरिएको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले यसअघि नै बताइसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...
२०७७ बैशाख ३ सम्म ‘लकडाउन’
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...
जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...
अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर
२०७६ मंशिर २३ गते सोमबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...
Top