नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार


१३ मे, २०२०
काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । कपिलबस्तुमा आज ४ जना र भक्तपुरमा हिजो एकजना गरी कुल पाँचजनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका २७ वर्षका एक पुरुष सशस्त्र प्रहरीमा कार्यरत प्रहरी जवान रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट स्थायी घर भै नीलबाराही गणमा कार्यरत ती प्रहरी जवान घरायसी कामका लागि केहीदिन अघि तराईका जिल्लामा गएको र त्यसपछि काठमाडौं फर्केर स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

उनी पूर्वगृहमन्त्री भीम रावलको घरको सुरक्षामा खटिएका सुरक्षाकर्मी हुन् । यस्तै कपिलबस्तुमा आज ४ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना राष्ट्रिय अनुसन्धान विभागका असई, एकजना सशस्त्र प्रहरी बलका सई र नेपाल प्रहरीका एकजना हवल्दार र एक जना सई गरी कुल ४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको अहिले स्थानीय अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईएको छ ।

यसअघि कोरोना संक्रमित रहेको गाउँमा पुगेर स्वाब संकलन गर्ने क्रममा उनीहरुमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि नेपालमा पर्साका २ र जनकपुरका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वीरगञ्जकै एकजना नर्समा पनि कोरोना संक्रमण भेटिएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

जोखिमपूर्ण क्षेत्रमा सँधै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीलगायतको सुरक्षाका लागि उचित ध्यान नदिने हो भने भोलिका दिनमा यसले थप असर पु-याउने भन्दै सरोकारवालाले सरकारसँग उनीहरुको सुरक्षामा गम्भीर बन्न आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते

२०७६ माघ १९ गते आइतबार

०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...

बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...

कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

Top