नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार


१३ मे, २०२०
काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । कपिलबस्तुमा आज ४ जना र भक्तपुरमा हिजो एकजना गरी कुल पाँचजनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका २७ वर्षका एक पुरुष सशस्त्र प्रहरीमा कार्यरत प्रहरी जवान रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट स्थायी घर भै नीलबाराही गणमा कार्यरत ती प्रहरी जवान घरायसी कामका लागि केहीदिन अघि तराईका जिल्लामा गएको र त्यसपछि काठमाडौं फर्केर स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।

उनी पूर्वगृहमन्त्री भीम रावलको घरको सुरक्षामा खटिएका सुरक्षाकर्मी हुन् । यस्तै कपिलबस्तुमा आज ४ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना राष्ट्रिय अनुसन्धान विभागका असई, एकजना सशस्त्र प्रहरी बलका सई र नेपाल प्रहरीका एकजना हवल्दार र एक जना सई गरी कुल ४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको अहिले स्थानीय अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईएको छ ।

यसअघि कोरोना संक्रमित रहेको गाउँमा पुगेर स्वाब संकलन गर्ने क्रममा उनीहरुमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि नेपालमा पर्साका २ र जनकपुरका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वीरगञ्जकै एकजना नर्समा पनि कोरोना संक्रमण भेटिएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

जोखिमपूर्ण क्षेत्रमा सँधै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीलगायतको सुरक्षाका लागि उचित ध्यान नदिने हो भने भोलिका दिनमा यसले थप असर पु-याउने भन्दै सरोकारवालाले सरकारसँग उनीहरुको सुरक्षामा गम्भीर बन्न आग्रह गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

Top