काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार


०२ मे, २०२०
काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा रोकिएका सयौं पर्यटक आज काठमाडौंबाट फ्रान्सको राजधानी पेरिस उडेका छन् । काठमाडौंमा रहेको फ्रान्सेली दुतावासको सहकार्यमा देशका विभिन्न क्षेत्रमा रहेकामध्ये ३ सय ९ जना पर्यटकलाई आज काठमाडौंबाट कतार एयरले फ्रान्स लगेको हो । त्यसमा फ्रान्सलगायत विभिन्न युरोपेली तथा अफ्रिकी मुलुक, अमेरिका, क्यानडालगायतका देशका नागरिकहरु रहेको बताइएको छ ।

नेपालमा कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्दा देशका विभिन्न क्षेत्रमा पदयात्रामा पुगेका ती नागरिकहरु त्यहि रोकिएका थिए । पछि उनीहरुलाई विभिन्न माध्यमबाट काठमाडौं ल्याएर राखिएको थियो । आज काठमाडौंस्थित फ्रान्सेली दुतावासले चार्टर गरेको विमानमा चढेर उनीहरु पेरिस लागेका हुन् । कतार एयरको ठूलो जहाजमार्फत् उनीहरुलाई कतारको राजधानी दोहा हुँदै पेरिस लगिने विमानस्थल स्रोतले जानकारी दिएको छ । सरकारले आगामी बैशाख २५ सम्म लकडाउन र जेठ २ सम्म अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण विदेशी पर्यटकहरु प्रभावित भएका थिए ।

काठमाडौंमा रहेको फ्रान्सेली दुतावास

तर नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि चार्टर विमान उड्न पाउने भएपछि काठमाडौंमा जम्मा पारिएका ३ सय ९ जना विदेशी पर्यटक आज गन्तव्यतर्फ उडेका हुन् । उनीहरु पेरिसमा पुगेपछि त्यहाँबाट सम्बन्धित देशको दूतावासले समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउने बताइएको छ । यसअघि पनि विभिन्न देशका नागरिकहरुलाई सम्बन्धित देशले विमान चार्टर गरेर स्वदेश फिर्ता लगिसकेको छ । पछिल्लो पटक बंगलादेश र भुटान सरकारले आफ्ना देशका नागरिकलाई स्वदेश फिर्ता लगेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन ५ गते बुधबार

१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...

भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...

खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु

२०७६ मंशिर २७ गते शुक्रबार

काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...

Top