साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार


०२ मे, २०२०
पोखरा । नेपाली सेनाले विगत साढे ३ महिना अघिदेखि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिमपहिरोमा परी हराईहरेका ७ जनाकै शव निकालेको छ । अन्नपूर्ण पदयात्राका क्रममा गएको हिम पहिरोमा परी हराईरहेका चार कोरियाली पर्यटक तथा उनका सहयोगका लागि गएका नेपाली गाईड तथा सहयोगीको शव नेपाली सेनाको रेस्क्यु विशेषज्ञको टोलीले हिउँबाट निकालेको हो । गत माघमा सो क्षेत्रमा एक्कासी गएको हिम पहिरोमा परी ४ कोरियाली पर्यटक र उनीहरुका ३ जना नेपाली सहयोगी हराईरहेका थिए ।

पछि हिमपहिरोमा परी उनीहरुको ज्यान गएको पुष्टि भएपनि हिउँ पन्छाएर शव निकाल्न सकिएको थिएन । तर नेपाली सेनाको विशेषज्ञहरुको टोलीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित हिङक् केभ क्षेत्रमा विगत केही महिनादेखि निरन्तर रुपमा गरेको प्रयासबाट सो घटनामा हराईरहेका सबैको शव निकाल्न सफल भएको हो । पछिल्लो पटक हिजो एक कोरियाली पर्यटक र एक नेपाली गाईडको शव निकालिएको नेपाली सेनाको पश्चिम पृतना कार्यालय पोखराले जनाएको छ ।

गएको माघ ३ गते अन्नपूर्ण पदमार्गको सो क्षेत्रमा गएको हिउँ पहिरोमा ३ जना नेपाली गाईड र ४ जना कोरियन पर्यटक गरी ७ जना वेपत्ता भएसँगै उनीहरुको निरन्तर रुपमा खोजी कार्य जारी राखिएको थियो । तर हालसम्म २ जना नेपाली गाईड र ३ जना कोरियन पर्यटकहरुको मात्रै शव फेला परेको भएपनि हिजो थप २ जनाको शव फेला सँगै सो घटनामा हराईरहेका सबैको शव प्राप्त भै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु

२०७७ श्रावण १९ गते सोमबार

०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले...

आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...

पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...

दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट) दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

२०७८ आश्विन २६ गते मंगलबार

१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...

Top