Best Khabar Team | २०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०
नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालको छिमेकी मुलुक भारत दिन प्रतिदिन प्रभावित बन्दै गैरहेको छ । भारतमा हालसम्म कोरोनाका कारण ६ सय ८१ जनाको ज्यान गै सकेको छ । यहीबीचमा २१ हजार भन्दा बढी मानिसहरु कोरोनाको संक्रमणमा परेको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ ।
यो समाचार तयार पर्दासम्म भारतमा कोरोना संक्रममितको संख्या २१ हजार ३ सय ७० पुगेको छ । भारतमा विशेष गरी नेपालसँग सिमाना जोडिएका जिल्लाहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएको छ । नेपालको तराईका जिल्लाहरुसँग सिमाना जोडिएका सिमावर्ती जिल्लाहरुमा कोरोनाले महामारीको रुप लिएपछि यसको जोखिम नेपालतर्फ पनि उत्तिकै रहेको छ ।
किनकी नेपाल भारत खुला सिमाका कारण जो जतिबेला पनि दुई देशमा सजिलै सँगै आउजाउ गर्न सक्दछ । त्यसको लागि नाका मै गै राख्नुपदैछ । भारतमा हालसम्म प्रभावित राज्यहरु र प्रभावितको तथ्यांक यसप्रकार रहेको छ ।
महाराष्ट्र
संक्रमितको संख्या : ४ हजार २ सय ।
मृतक : २ सय २३ जना
पश्चिम बंगाल
संक्रमित : ३ सय ३९ जना
मृतक : १२ जना
उत्तराखण्ड
संक्रमित ४६ जना ।
उत्तर प्रदेश
संक्रमित : १ हजार १ सय ७६
मृतक : १७ जना ।
बिहार
संक्रमित : ९६ जना
मृतक : २ जना ।

महाराष्ट्रको मुम्बई कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्र, बिहार, उत्तरप्रदेश, दिल्ली, गुजरात, मध्य प्रदेश, राजस्थान, तमिलनाडुलगायतका राज्यमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ । भारतले अहिले सिंगो देशलाई लकडाउन गरेर कोरोना नियन्त्रणको प्रयास थालेको छ ।
भारतमा यतिबेला विमान तथा यातयात सेवा, सिमा नाका, विद्यालय, क्याम्पसलगायत मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरु पूर्णरुपमा बन्द गरिएको छ । आवश्यक परे आगामी मे देखि पुनः लकडाउन बढाउने तयारी भारतीय सरकारले गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
Top