काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


१८ अप्रिल, २०२०
काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण आफ्नो घरगाउँ फर्कन नपाएर विचल्लिमा परेकाहरुलाई सरकारले आज साँझ निशुल्क रुपमा गाउँ फर्काएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा विभिन्न जिल्लामा कामका सिलशिलामा पुगेर काठमाडौंमा आइपुगेका मजदुरहरुलाई बसमा चढाएर गन्तव्यतर्फ पठाइएको हो ।

प्रधानमन्त्रीको निर्देशन पछि काठमाडौंका काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकालगायतको अगुवाईमा काठमाडौंको थानकोट पार्काम अलपत्र परेका मजदुरहरुलाई गाउँ पठाइएको हा । थानकोटमा जम्मा भएका करिब ३ सय मजदुरमध्ये पहिलो चरणमा ७ वटा बसमा राखेर उनीहरुलाई बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतलगायतका जिल्लामा पठाइएको हो । जसमा चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसले निशुल्क रुपमा उनीहरुलाई गन्तव्यमा पु-याउने बताइएको छ ।

बाँकी रहेका मजदुरहरुलाई पनि छिट्टै गन्तव्यमा पु-याउन आवश्यक पर्ने बसको व्यवस्था भै रहेको बुझिएको छ । कोरोनाका कारण भएको लकडाउनका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा मजदुरहरुले विचल्लिका साथ हिँडेर गन्तव्य तताएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले मजदुरको उद्दार गर्न मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...

Top