शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार


१७ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पूर्वी नेपालको उदयपुरमा १२ जना र चितवनमा एकै परिवारका २ जना गरी थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये ८ जना भारतीय नागरिक छन् । उनीहरु उदयरपुरस्थित नुरी मस्जिदमा बस्दै आएकाहरु रहेका छन् ।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बस्दै आइरहेका थिए । सो मस्जिदमा लुकेर बसेका भारतीय नागरिकहरुको सूचनाको आधारमा प्रहरीले छापा मारी उनीहरुलाई आइसोलेसनमा पठाउँदा उनीहरुमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यस्तै चितवनमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि उनीहरुको जानकारी बारे प्राप्त भै सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले यी दुबै स्थानका कोरोना संक्रमितको बारेमा औपचारिक पुष्टि गरेको छ । गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु गत चैत्र ३ गते कतार एयरको विमानमा लण्डनबाट दोहा हुँदै काठमाडौं आएका थिए । चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ घर भएका संक्रमितहरुमा कोरोनाको संक्रमण भेटिएपनि उनीहरुमा कुनै लक्षण नदेखिएको बताइएको छ । उनीहरु एकै परिवारका आमाछोरा रहेको बताइएको छ । संक्रमित आमाको उमेर ६३ वर्ष र छोराको उमेर २७ वर्ष रहेको बताइएको छ ।

हालै विदेशबाट आएकाहरुको स्वाब परिक्षण गराउने उनीहरुको समेत स्वाब परीक्षण गरिएको थियो । सोही क्रममा उनीहरुमा कोरोना भेटिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर) जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

२०८२ भाद्र २५ गते बुधबार

१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...

Top