Best Khabar Team | २०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । पूर्वी नेपालको उदयपुरमा १२ जना र चितवनमा एकै परिवारका २ जना गरी थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये ८ जना भारतीय नागरिक छन् । उनीहरु उदयरपुरस्थित नुरी मस्जिदमा बस्दै आएकाहरु रहेका छन् ।
उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बस्दै आइरहेका थिए । सो मस्जिदमा लुकेर बसेका भारतीय नागरिकहरुको सूचनाको आधारमा प्रहरीले छापा मारी उनीहरुलाई आइसोलेसनमा पठाउँदा उनीहरुमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यस्तै चितवनमा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि उनीहरुको जानकारी बारे प्राप्त भै सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले यी दुबै स्थानका कोरोना संक्रमितको बारेमा औपचारिक पुष्टि गरेको छ । गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनीहरु गत चैत्र ३ गते कतार एयरको विमानमा लण्डनबाट दोहा हुँदै काठमाडौं आएका थिए । चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ घर भएका संक्रमितहरुमा कोरोनाको संक्रमण भेटिएपनि उनीहरुमा कुनै लक्षण नदेखिएको बताइएको छ । उनीहरु एकै परिवारका आमाछोरा रहेको बताइएको छ । संक्रमित आमाको उमेर ६३ वर्ष र छोराको उमेर २७ वर्ष रहेको बताइएको छ ।
हालै विदेशबाट आएकाहरुको स्वाब परिक्षण गराउने उनीहरुको समेत स्वाब परीक्षण गरिएको थियो । सोही क्रममा उनीहरुमा कोरोना भेटिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...
समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि...
फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...
अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा
२०७९ फाल्गुन ८ गते सोमबार
२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...
Top