‘लकडाउन’ कम्तीमा बैशाख १० सम्म थप्ने सरकारको तयारी

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


१३ अप्रिल, २०२०
काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन सरकारले यसअघि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समयावधि थप्ने तयारीमा सरकार जुटेको छ । देशका विभिन्न भूभाग र विशेष गरी भारतीय सीमावर्ती क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले चौथोपटक कम्तीमा १ साताका लागि (बैशाख १०) सम्मका लागि लकडाउन गर्ने तयारी गरेको हो ।

मन्त्रीमण्डलमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीले यसअघि नै सबै प्रदेशका प्रमुखहरुलाई निर्देशन दिँदै लकडाउन तत्काल खुकुलो नहुने बताइसकेका कारण अब कम्तीमा थप एकहप्ता लकडाउन थपिने छ । त्यसका लागि सरकारले भोलि बिहान मन्त्रीपरिषद्को बैठक बसेर निर्णय लिनेछ । भारतले पनि हाल जारी रहेको लकडाउनको समयावधिलाई लम्ब्याउँदै आगामी बैशाख १६ गतेसम्मका लागि पु-याउने तयारी गरेको छ भने भारतले पनि यो विषयमा भोलि नै निर्णय लिने छ ।

भारतमा यो समाचार तयार पर्दासम्म कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३५ पुगेको छ भने ४ सय ३० जना नयाँ संक्रमित आजमात्रै भेटिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । भारतको यो तयारीसँगै नेपालमा पनि लकडाउनको समयावधि थप गर्न लागिएको हो । सरकारले यसअघि गत चैत्र ५ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनका कारण अहिले सिँगा देश ठप्पप्रायः बनेको छ ।

भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण खुल्ला सीमा र त्यहाँबाट हुने आउजाउलाई मध्यनजर गर्दै तत्काल लकडाउन नखोल्ने निर्णयमा सरकार पुगेको हो । यसको औपचारिक घोषणा सरकारले भोलि मन्त्रीपरिषद्को बैठकपछि गर्नेछ । लकडाउनको समयावधी आगामी बुधबार सकिँदैछ ।

नेपालमा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै सोमबार साँझ नै काठमाडौको पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनालाई कोरोनाको आशंका गर्दै उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । बैशाख १० गतेपछि पनि अवस्था हेरेर आवश्यक भएमा लकडाउनको समयावधी थप गर्ने तयारीमा सरकार जुटेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा  (फोटोफिचर) अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...

अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट) अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा...

भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग  शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन

२०७७ बैशाख २२ गते सोमबार

०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

Top