Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि विगत २ सातादेखि लागू गरेको लकडाउनको समय एकसाता थप्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा पनि लकडाउनको समय जारी रहेकोले थप एकसाताका लागि लकडाउन थप गर्न लागिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने अहिले बालुवाटारमा जारी मन्त्रीपरिषद्को बैठकले गर्नेछ ।
त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । आजको मन्त्रीपरिषद् बैठकले कैलाली कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आएकाहरुमा कोरोना देखिएकोले उनीहरुको सम्पर्कमा रहेकाहरुमा समेत कोरोनाको जोखिम रहेको भन्दै भन्दै लकडाउनको समयावधि थप एकसाता थप गर्ने विषयमा निर्णय लिने बताइएको छ । यस्तै ती जिल्लामा कोरोना चेकजाँचको लागि द्रुत गतिमा काम अघि बढाउका लागि सम्बन्धित जिल्ला र क्षेत्रमा आवश्यकीय सामग्री पठाउने विषयमा ठोस निर्णय लिनेछ ।
आजको बैठकमा लकडाउनको समीक्षा गर्दै भोलिका दिनमा अत्यावश्यकीय सामग्रीको प्रवाहलगायतका विषयमा पनि थप निर्णय लिइने सरकारी स्रोतको भनाई छ । बैठकमा सीमा क्षेत्र बन्द गर्ने समयावधि थप लम्ब्याउने विषयमा पनि निर्णय हुनेछ ।
हाल नेपालसँग सिमाना जोडिएका भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यकीय बाहेकका सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । यसका अलावा सीमा क्षेत्रमा लकडाउन कार्यान्वयन गराउनका लागि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको संख्या थप्ने विषयमा समेत निर्णय हुने बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...
तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन
२०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...
काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
Top