पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार


०३ मार्च, २०२०
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै आएका समाचारहरुमा सत्यता नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म पोखरामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक नभएको जनाएको छ । केही सञ्चारमाध्यमले पोखरामा भारतबाट फर्केका एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै नेपालमा सातौं संक्रमित फेला परेको समाचार सार्वजनिक गरेपछि मन्त्रालयले यसको खण्डन गरेको हो ।

पोखरामा हालै कोरोना संक्रमण जाँच्ने मेसिन जडान गरिएको भएपनि कोही कसैमा पनि अहिलेसम्म कोरोनाको संक्रमण भएको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि नगरेको मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपालमा हालसम्म ६ जनामो कारोना संक्रमण भेटिएको पुष्टि भएको र एकजना उपचारपछि घर फर्किसकेको जनाएको छ ।

(समाचार स्रोतहरुको आधारमा बेस्टखबर डटकमले पनि पोखरामा कोरोना पुष्टि भएको भन्दै समाचार सार्वजनिक गरेको भएपनि स्वास्थ्य मन्त्रालयको यो औपचारिक जानकारी पछि क्षमा याचना सहित सो समाचार हटाइएको जानकारी गराउँदछौं । सम्पादक )



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...

तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

२०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

Top