Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२०
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै आएका समाचारहरुमा सत्यता नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म पोखरामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक नभएको जनाएको छ । केही सञ्चारमाध्यमले पोखरामा भारतबाट फर्केका एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै नेपालमा सातौं संक्रमित फेला परेको समाचार सार्वजनिक गरेपछि मन्त्रालयले यसको खण्डन गरेको हो ।

पोखरामा हालै कोरोना संक्रमण जाँच्ने मेसिन जडान गरिएको भएपनि कोही कसैमा पनि अहिलेसम्म कोरोनाको संक्रमण भएको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि नगरेको मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपालमा हालसम्म ६ जनामो कारोना संक्रमण भेटिएको पुष्टि भएको र एकजना उपचारपछि घर फर्किसकेको जनाएको छ ।
(समाचार स्रोतहरुको आधारमा बेस्टखबर डटकमले पनि पोखरामा कोरोना पुष्टि भएको भन्दै समाचार सार्वजनिक गरेको भएपनि स्वास्थ्य मन्त्रालयको यो औपचारिक जानकारी पछि क्षमा याचना सहित सो समाचार हटाइएको जानकारी गराउँदछौं । सम्पादक )
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...
हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...
उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...
भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...
Top