काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई विमान चार्टर गरेर स्वदेश ल्याउने भएको छ । पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि अमेरिका सरकारले आफ्ना नागरिहकरुलाई कतार एयरको विमान चार्टर गरेर अमेरिका ल्याउन लागेको हो ।

यसरी आउने नागरिकहरुलाई प्राथमिकतामा राखेर अमेरिका ल्याउन लागिएको दुतावासले जनाएको छ । जसमा पहिलो नम्बरमा ६५ बर्ष काटेका र स्वास्थ्य समस्यामा परेकाहरु पर्नेछन् । यस्तै दोश्रोमा बालबालिकाहरु र त्यसपछि आउन चाहेका सबै अमेरिकीहरु पर्नेछन् ।

नेपालस्थित अमेरिकी दुतावासका प्रमुख रेन्डी बेरीले एक भिडियो सन्देश जारी गरी देशभरी रहेका र स्वदेश फर्कन चाहेकालाई काठमाडौंमा जम्मा गर्नका लागि दूतावासले नेपाल सरकार र सरोकारवालासँग समन्वय गरिरहेको भन्दै आफू रहेको जिल्ला र क्षेत्रमा रहेका स्थानीय प्रतिनिधिमार्फत् दूतावासको सम्पर्कमा रहनका लागि आग्रह गरेका छन् ।

उनीहरुलाई यही मार्च ३१ तारिकको दिन मंगलबार कतारबाट गएको कतार एयरवेजको विमानले काठमाडौंबाट उद्दार गर्ने छ । देशका विभिन्न भागमा पदयात्राको क्रममा रहेका तथा नेपालका विभिन्न मिसनमा काम गर्ने ती नागरिकहरुलाई तत्कालका लागि अमेरिका ल्याउन लागिएको दूतावास स्रोतले जानकारी दिएको छ । अमेरिका फर्कन चाहने अमेरिकी नागरिकहरु यतिबेला नेपालका विभिन्न क्षेत्रबाट काठमाडौंमा भेला भएका छन् ।

उनीहरुलाई नेपाल पर्यटन बोर्ड, ट्रेकिङ् एजेन्सिज् एसोसिएसन अफ नेपाल, टानलगायतको समन्वयमा विभिन्न जिल्लाबाट प्रहरीको गाडी तथा विमानमा राखेर काठमाडौं ल्याइ पु¥याइएको छ । यसरी उद्दारमा पर्नेहरुमा कतिपय दूतावासका कर्मचारीहरु समेत रहेको दूतावास स्रोतले जानकारी दिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको चार्टर विमान आगामी मार्च ३१ का दिन दिउँसो १२ बजे काठमाडौंबाट कतारको लागि उड्ने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

यौन दुराचारको आरोपी महरा थप  ३ दिन हिरासतमै रहने यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

२०७६ आश्विन २८ गते मंगलबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ...

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...

क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...

Top