Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८
काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे होटेल हायत रिजेन्सी बन्द भएको छ । पछिल्लो समयमा त्यहाँ कार्यरत कर्मचारीहरुले सेवा सुविधाको विषयलाई लिएर पटक पटक होटल प्रशासनसँग छलफलको कोशिष गरेका थिए । करिब ४ सय कर्मचारीहरु कार्यरत सो होटल २० वर्षदेखि सञ्चालनमा रहेको र राम्रो मुनाफा गरिरहेको होटलको रुपमा रहेकोछ ।
त्यहाँ कार्यरत कर्मचारी तथा मजुर संगठनहरुले अस्पताल प्रशासनले आफूहरुलाई जानकारी नै नगराईकन होटल बन्द गरिँदा आफूहरुको रोजीरोटी गुमेको तथा होटलबाट प्राप्त हुनुपर्ने सेवा सुविधा नपाइएको गुनासो गर्दै आइरहेका छन् । केही महिनादेखि होटल प्रशासनले मजदुरहरूको सेवा–सुविधा कटौती गरेको भन्दै त्यहाँ कार्यरत मजदुहरु होटल प्रशासनसँग क्रुद्द बनेका थिए । होटल बन्द भएसँगै होटल प्रशासनले नेप्सेमा समेत सेयर कारोबार बन्दका लागि पत्र पठाइएको होटल स्रोतको दाबी छ ।

सेवा–सुविधा कटौतीको विरोधमा मजदुरले केहीदिनदेखि आन्दोलन जारी राख्दा होटलमा आएका पाहुनाहरुलाई पनि अन्य होटलमा सारिएको थियो । होटल १९९२ मा दुई भारतीय व्यवसायी राधेश्याम सर्राफ र अरुण सर्राफ तथा नेपाली व्यवसायी रामलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठले करिब ३ सय रोपनी जग्गा भाडामा लिएर होटल सञ्चालनमा ल्याएका थिए । पूर्ण तयारीपछि सन् २००० देखि होटलले पाहुनाहरुलाई सत्कार दिन शुरु गरेको थियो । विशेष गरी तारागाउँ विकास समितिसँग भाडामा लिएको करिब डेढ सय रोपनी जग्गाको स्वामित्वको विषयमा विवाद भएपछि होटल बन्द हुने अवस्थामा आएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ
२०७६ असार ३ गते मंगलबार
१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...
६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत...
Top