कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको स्वाबको नमुना लिन काठमाडौंबाट आएको विमान अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ । नेपाल एयरलाईन्सको वाई १२ ई कलसाईन भएको सो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको जाली तथा घाँसे मैदानमा पुगेर रोकिएको थियो । विमान चिप्लिएको भएपनि विमानमा रहेका चालक दलका ३ सहित २ चिकित्सकहरु सकुशल रहेको बताइएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज र आसपासका क्षेत्रमा रहेका एक दर्जन बढी अस्पतालमा भर्ना भएका विरामीहरुको नमुना परीक्षण (कोरोनाको आशंमा) का लागि स्वाब लिन भन्दै स्वास्थ्य मन्त्रालयले सो विमानमा चिकित्सकसहितको टोली राखेर नेपालगञ्ज पठाएको थियो । विमान अवतरणका क्रमणमा धावनमार्गबाट केहीमिटर पर पुगेको भएपनि विमानमा रहेका सबैजना सकुशल रहेका छन् । विमानमा दुई जना चिकित्सक र तीन चालक दलका सदस्य रहेका थिए । घटना लगत्तै विमानमा रहेकाहरुको उद्दार गरी उनीहरुलाई काठमाडौंबाट आएको अर्को विमानमा राखेर पठाईको नेपाल विमानस्थल प्रमुखले जानकारी दिए ।

विमानस्थल स्रोतका अनुसार सो विमान चिप्लनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सो विमान स्वास्थ्य मन्त्रालयले चार्टर गरेर नेपालगञ्ज पठाइएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...

साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०पोखरा । नेपाली सेनाले विगत साढे ३...

Top