नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार


२५ मार्च, २०२०
काठमाडौं । केही साता अघि खाडी मुलुकबाट नेपाल आएका थप एक नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

ल्याव परिक्षणका क्रममा गएराति उनमा कोरोनाको संक्रमणको पोजेटिभ रिपोर्ट आएपनि उनमा कोरोना भएको पुष्टि भएको हो । यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । गत चैत्र ४ गते कतार एयरवेटबाट फ्रान्सको पेरिस हुँदै नेपाल आएकी एक युवती पनि हाल संक्रममित छिन् । उनको टेकु अस्पतालमा उपचार भै रहेको छ ।

यसअघि थप एकजना नेपाली युवकमा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोक्न सिँगो देश नै लकडाउन गरेको दोश्रो दिन नेपालमा दोश्रो कोरोना संक्रमित भेटिएका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

Top