यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर

Best Khabar Team | २०७६ असार १ गते आइतबार


१६ जुन, २०१९
काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को नामले समेत परिचित यार्चागुम्बा संकलनको लागि रुकुमको मैकोट पुगेका २ जनामाथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय मुसिकोटका अनुसार दुई दिन अघि यार्चा संकलन गरेर घर फर्कने क्रममा स्थानीय दुई महिलामाथि अज्ञात समूहले गम्भीर आक्रमण गरेको थियो ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ की ३८ वर्षकी जुनकुमारी पुन र उनकी १४ वर्षीया छोरी रश्मी पुनमाथि आक्रमण भएको थियो । उहाँहरुमाथि आक्रमण गरी साथमा रहेको पैसा, गरगहना लुटिएको थियो ।

उहाँहरुको शरीरमा धारिलो हतियारले आक्रमण गरेका कारण चोटैचोट रहेको छ । घाइते दुबैजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आक्रमणकारीहरुको खोजी भै रहेको प्रहरीको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले

२०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...

के नेपालमा उल्का पिण्ड खसेकै हो त ? के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...

Top