केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो ।

केबलकार सञ्चालन गरिँदा सयौं यात्रुहरु केबलकारको माध्यम हुँदै मनकामनाको मन्दिरमा जाने हुँदा यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै तत्कालका लागि केबलकार बन्द गर्ने निर्णय गरिएको हो । प्रालिले २०७६ साल भर अर्थात् आगामी चैत्र मसान्तसम्मका लागि केबलकार बन्द गरिएको जनाएको छ । त्यसपछिको अबस्था हेरेर कहिले पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय लिइने प्रालिको भनाई छ । यसअघि वर्षको दुईपटक नियमित मर्मत सम्भारका लागि भन्दै एक दुईदिन केवलकार बन्द गरिँदै आएको थियो ।

मनकामनाको मन्दिर पुग्ने स्वदेशी तथा विदेशभक्तजनमध्ये ९५ प्रतिशत केबलकारबाटै त्यहा पुग्ने गर्दछन् । केबलकारबन्द भएसँगै मनकामाना क्षेत्रमा रहेका होटलहरु पनि बन्द हुने भएका छन् । तीर्थयात्रीका लागि लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा दर्जनौं होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । अब मनकामनामा केबलकार चल्न छाडेपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

विगतमा हिँडेर मनकामना पुग्ने गरिएको भएपनि २०५५ सालबाट मनकामना मन्दिर जान केबलकार सञ्चालन भएपछि हिँडेर मन्दिर पुग्नेहरुको संख्या न्यून छ । यस्तै मन्दिरसम्म पुग्नको लागि कच्चिबाटो जीपबाट समेत जान सकिन्छ र तर यसरी जानेहरुले यहाँको होटल तथा रेष्ट्रुरेन्टको व्यापारमा खासै असर नगर्ने व्यवसायीको भनाई छ । २०५५ साल मंसीर ८ गते तत्कालीन युवराज दीपेन्द्र बीर विक्रम शाहले मनकामना केवलकारको औपचारिक उद्घाटन गरेका थिए ।

यसैबीच, पर्यटकको संख्या सून्यको हाराहारीमा पुगेपछि सोलुखुम्बुको नाम्चेबजारमा रहेका सबै होटलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । विशेष गरी सगरमाथा आधार शिविर जाने विदेशी तथा स्वदेशी पर्यटकको लागि लक्षित गरी खोलिएका होटलहरु कोरोनाको कारण नेपालमा पर्यटक आउन छाडेपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

नाम्चेमा मात्रै करिब १ सय बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । सिजनका बेला होटल तथा रेष्टुरेन्ट बन्द गर्नुपर्दा व्यवसायीहरु चिन्तित देखिन्छन् । अब पुनः कहिले होटलहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही बताउन नसक्ने व्यवसायीहरुको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो

२०७७ मंशिर २८ गते आइतबार

१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...

Top