Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट महामारी फैलिएको युरोपका २७ राष्ट्रबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना रोकथाम पूर्वतयारी समितिको आज बसेको बैठकले इटली, स्पेन, बेल्जियम, पोर्चुगल, नर्वे, स्वीडेन, जर्मनी, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीडेन, डेनमार्कलगायत २७ वटा युरोपेली देशका नागरिक तथा त्यहाँबाट नेपाल आउने नेपाली तथा अन्य देशका यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यो निर्णय मार्च २० तारिख अर्थात चैत्र ७ गतेदेखि लागू हुने र आगामी बैशाख ३ गते अर्थात् अप्रिल १५ तारिखसम्म जारी रहने सरकारले जनाएको छ । यसका अलावा, पश्चिम एसियाली मुलुक, खाडी राष्ट्रहरु, कबुेत, मलेसिया, बहराईन, कतार साथै, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानलागयतका नागरिकहरु तथा ती देशबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकहरुलाई चैत्र ७ गतेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको हो । रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यो निर्णय गरेको हो ।
सरकारले आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका नेपालस्थित विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका पर्यटकसमक्ष समन्वय गर्ने जनाएको छ । सरकारले यसअघि विभिन्न देशका नागरिकहरुलाई नेपालको विमानस्थलमा दिईँदै आएको अनअराईभल भिषा तत्कालका लागि रोक्ने निर्णय गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...
उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
Top