चैत्र ७ गतेदेखि बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार


१८ मार्च, २०२०
काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट महामारी फैलिएको युरोपका २७ राष्ट्रबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना रोकथाम पूर्वतयारी समितिको आज बसेको बैठकले इटली, स्पेन, बेल्जियम, पोर्चुगल, नर्वे, स्वीडेन, जर्मनी, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीडेन, डेनमार्कलगायत २७ वटा युरोपेली देशका नागरिक तथा त्यहाँबाट नेपाल आउने नेपाली तथा अन्य देशका यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यो निर्णय मार्च २० तारिख अर्थात चैत्र ७ गतेदेखि लागू हुने र आगामी बैशाख ३ गते अर्थात् अप्रिल १५ तारिखसम्म जारी रहने सरकारले जनाएको छ । यसका अलावा, पश्चिम एसियाली मुलुक, खाडी राष्ट्रहरु, कबुेत, मलेसिया, बहराईन, कतार साथै, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानलागयतका नागरिकहरु तथा ती देशबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकहरुलाई चैत्र ७ गतेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको हो । रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यो निर्णय गरेको हो ।

सरकारले आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका नेपालस्थित विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका पर्यटकसमक्ष समन्वय गर्ने जनाएको छ । सरकारले यसअघि विभिन्न देशका नागरिकहरुलाई नेपालको विमानस्थलमा दिईँदै आएको अनअराईभल भिषा तत्कालका लागि रोक्ने निर्णय गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर) पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...

Top