ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार


०६ जुन, २०१९
न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना नागरिकलाई अमेरिका सरकारले रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यही जुन ४ तारिख, मंगलबारदेखि लागूहुने गरी यो प्रतिबन्ध लगाएको घोषणा गरेको हो । यसअघि अमेरिका सरकारी तथा निजी विद्यालय, सरकारी कर्मचारीलगायत पानीजहाजबाट शैक्षिक भ्रमण, पिकनिकलगायत मनाउन क्युवा जाने गरेका थिए ।

ट्रम्प प्रशासनको प्रतिबन्धसँगै अब अमेरिकी नागरिकहरु क्युवा भ्रमणमा जान नपाउने भएका छन् । अमेरिकी सरकारको यो कमदलाई क्युवाली सरकारले कडा शब्दमा भत्र्सना गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी सरकारको यो घोषणाले क्युवाको अर्थतन्त्रमा नराम्रो धक्का पुग्नेछ । किनकी वर्षेनी दशौंलाख अमेरिकी नागरिकले क्युवाको भ्रमण गर्ने गरेको र यसका कारण क्युवाको अर्थतन्त्र चलायमान हुँदै आएको थियो ।

पछिल्लो समयमा भेनेजुयलासँगको सम्बन्ध चिसिएपछि अमेरिकाले क्युवा भ्रमणमा आफ्ना नागरिकहरुलाई प्रतिबन्धको घोषणा गरेको हो । पर्यटकबाट प्राप्तहुने आम्दानी क्युवाली सरकारले भेनेजुयला पठाउने गरेको आरोप अमेरिकको छ । भेनेजुयलाले अमेरिकामा अशान्ति फैलाउन ठूलो भूमिका खेलेको अमेरिकी आरोप छ । तर क्युवाले भने यो आरोपको ठाडै खण्डन गरेको छ । अमेरिकी विदेश मन्त्रालयल क्युवाली सरकारले वर्षेनी लाखौं अमेरिकी डलर भेनेजुएलाका राष्ट्रपतिलाई दिइरहेको आफूहरुको अनुसन्धानबाट खुलेको जनाएको छ ।

क्युवाको पर्यटकीय हवाना सहर । तस्वीर साभार : गेट्टी इमेज

पछिल्लो समयमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन लागि परेको र त्यसमा क्युवा सरकारले आर्थिक सहयोग प्रदान गर्दै आएको दाबी गरेको छ । यो प्रतिबन्धसँगै क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने अवस्थाको पनि अन्त्य हुने देखिएको छ ।

स्मरणीय के छ भने यसअघि अमेरिका र क्युवाबीचको कटुतापूर्ण सम्बन्ध अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओवामाको पालामा केही सकारात्मक बनेको थियो । क्युवामा दुतावास नै खोलेर ओवामा प्रशासनले दुईदेबीचको सम्बन्ध सुधार्ने कोशिष गर्नुभएको थियो । जसको अन्र्तराष्ट्रिय समुदायले खुलेर प्रसंसा गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

२०७७ श्रावण २८ गते बुधबार

१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार

२०७७ असार ४ गते बिहिबार

१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...

बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि  आइसियुमा उपचार हुँदै बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै...

Top