Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन झण्डै ७६ जना नयाँ कोरोना संक्रमित भेटिएपछि यहाँको सरकारले छिमेकी मुलुक स्पेनसँगको सिमा बन्द गर्ने तयारी गरेको छ । पोर्चुगल आउने अधिकांश पर्यटकहरु छिमेकी मुलुक स्पेनबाट आउने हुनाले स्पेनसँगको सिमा बन्द गर्न लागिएको हो । प्रधानमन्त्री एन्तोनियो कोस्ताले यो विषयमा भोलि बिहान सरोकारवालाहरु सँग सल्लाह गरेर निर्णय लिने बताएका छन् ।
हाल हजारौंको संख्यामा स्पेनिस नागरिकहरु छुट्टी मनाउनका लागि दैनिक पोर्चुगलका पर्यटकीय शहरहरु आउने गर्दछन् । यद्यपि पोर्चुगलका तीनवटै अन्र्तराष्ट्रिय विमानस्थलहरुले भने त्यति कडाई नगरेको गुनासो सामाजिक सञ्जालहरुमा देखिएका छन् । पोर्चुगलको राजधानी लिस्बोन, उत्तरमा रहेको पोर्तो र दक्षिणमा रहेको फारो विमानस्थलमा अहिले पनि विभिन्न देशबाट पर्यटक आउने गरेको र उनीहरुको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै नागरिकहरुले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।
पोर्चुगलका दक्षिणी क्षेत्र अल्गार्भमा रहेका अधिकांश होटलहरुमा अहिले पनि पर्यटकहरुको चहलपहल देखिन्छ । पोर्चुगलको पूर्व, उत्तर र दक्षिणी सिमाना स्पेनसँग जोडिएको छ भने पश्चिमी सिमाना एटलान्टिक ओसनसँग जोडिएको छ । छिमेकी मुलक स्पेन पनि अहिले कोरोनाले नराम्ररी थला परेको छ । त्यहाँको सरकारले भोलिदेखि लागूहुने गरी विद्यालय, क्याम्पस, रेस्टुरेन्टलगायत तत्कालका लागि बन्द गर्ने घोषणा गर्दै आम नागरिकलाई घरभित्रै बस्नका लागि आग्रह गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...
सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...
Top