लेखक भण्डारी भए ब्रह्मलिन

Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार


१४ मार्च, २०२०
काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं प्राध्यापक समेत रहेका डिपी भण्डारीको आज निधन भएको छ । विगत लामो समयदेखि ‘पार्किन्सन’ रोगबाट पीडित भण्डारीको उपचारको क्रममा आज काठमाडौंको ह्याम्प अस्पतालमा निधन भएको उनको पारिवारले जनाएको छ ।

विगत ५ वर्षदेखि लेखक भण्डारी पार्किन्सन रोगबाट पीडित थिए । सुदुरपश्चिमको डोटी जिल्लाको तत्कालीन निरोल गाउँमा ८४ वर्ष अघि जन्मिएका ‘मृगस्थली’, ‘रोटी र फूल’, ‘त्यो धर्ती त्यो आकाश’ ‘निरो बाँसुरी बजाइरहेछ’ लगयतका एकदर्जन बढी निबन्धहरु प्रकाशित भएका छन् । उनका प्राय सबै निबन्धहरुलाई पाठकले अत्यधिक मन पराएका थिए । उनले करिब २ दशकसम्म विभिन्न क्याम्पसहरुमा अंग्रेजी विषयको प्राध्यापन समेत गराएका थिए ।

उनका २ छोरा रहेका छन् । श्रीमतीको भने करिब ६ वर्षअघि निधन भै सकेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...

रोकियो स्ववियु चुनाव रोकियो स्ववियु चुनाव

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...

अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...

सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा :  जसमा ३ छोरी, १ छोरा सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...

Top