Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२०
थिम्पु । भुटानमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ्गले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार अनुसार भुटानको थिम्पु घुम्न आएका एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएको हो । ती नागरिक भारत हुँदै घुमघामका लागि भुटान आइपुगेका थिए ।
गएको फेब्रुअरी १० तारिखमा अमेरिकाबाट भारत पुगेका ती विदेशी नागरिक ४ दिनअघि सोमबार भुटानको राजधानी थिम्पु पुगेका थियए । ७५ वर्षका अमेरिकी नागरिकमा कोरोना संक्रमण भेटिएपछि उनलाई विशेष निगरानीका साथ अस्पतालको आइसोलोसेन वार्डमा राखेर उपचार गरिँदैछ । उनीसँग सम्पर्कमा रहेका करिब १ सय जनालाई पनि तत्काल निगरानीमा राखेर उपचार थालिएको छ ।
एसियाली मुलुक भुटानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएपछि भुटानले तत्काल लागि थिम्पु र आसपासका शहरका सबै विद्यालय बन्द गरेको छ । यस्तै, भुटानसँग जोडिएका सबै देशका सिमा तथा नाका पनि २ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । भुटानले अन्य व्यक्तिमा कोरोनाको संक्रमण फैलन नदिनँ विशेष सावधानी अपनाउने निर्णय समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले
२०७६ पुष ७ गते सोमबार
तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)
२०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
Top