भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार


०६ मार्च, २०२०
थिम्पु । भुटानमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ्गले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार अनुसार भुटानको थिम्पु घुम्न आएका एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएको हो । ती नागरिक भारत हुँदै घुमघामका लागि भुटान आइपुगेका थिए ।

गएको फेब्रुअरी १० तारिखमा अमेरिकाबाट भारत पुगेका ती विदेशी नागरिक ४ दिनअघि सोमबार भुटानको राजधानी थिम्पु पुगेका थियए । ७५ वर्षका अमेरिकी नागरिकमा कोरोना संक्रमण भेटिएपछि उनलाई विशेष निगरानीका साथ अस्पतालको आइसोलोसेन वार्डमा राखेर उपचार गरिँदैछ । उनीसँग सम्पर्कमा रहेका करिब १ सय जनालाई पनि तत्काल निगरानीमा राखेर उपचार थालिएको छ ।

एसियाली मुलुक भुटानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएपछि भुटानले तत्काल लागि थिम्पु र आसपासका शहरका सबै विद्यालय बन्द गरेको छ । यस्तै, भुटानसँग जोडिएका सबै देशका सिमा तथा नाका पनि २ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । भुटानले अन्य व्यक्तिमा कोरोनाको संक्रमण फैलन नदिनँ विशेष सावधानी अपनाउने निर्णय समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आबुधावी दुर्घटना  अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित) आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो...

आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

Top