६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार


गत कात्तिकमा पक्राउ परेका केशरीलाई सार्वजनिक गर्दै प्रहरी । फाइल तस्वीर

२७ फेब्रुअरी, २०२०
हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९ गते प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय युवकलाई जिल्ला अदालतले ८ वर्ष कैद सजायाँ सुनाएको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ नम्बर र मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार भारतको महाराजगञ्ज जिल्लाको अमरपूर्वन ६ बस्ने दिलीपराज केशरीलाई ८ वर्ष कैद र झण्डै डेढ करोड रुपैयाँ उपचार खर्च समेत भराउन निर्देशन दिएको हो ।

भारतीय युवक केसरीले ६ वर्षअघि हेटौडा उपमहानगर पालिका वडा नम्बर २ की २० वर्षीया विन्दावासिनी कंसाकार पसलमा बसिरहेका बेला अनुहारमा एसिड प्रहार गरेका थिए । केशरीलाई अदालतले एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । जिल्ला न्यायधीश कमलराज विष्टको इजलासले घटनामा सहयोग गर्ने अर्का अभियुक्त सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ ।

अदालतको यो आदेशसँगै मण्डल २ वर्ष ६ महिनाका लागि जेल जाने भएका छन् । मुख्य अभियुक्त केशरी भने घटनाको ६ वर्षपछि गत कात्तिकमा बाराको जितपुरबाट पक्राउ परेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...

गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित) गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा...

युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन् युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्

२०७९ फाल्गुन १५ गते सोमबार

२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

Top