स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित

Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार


२५ फेब्रुअरी, २०२०
जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वीट्जरल्याण्डका समाचारमाध्यमका अनुसार इटलीसँग सिमाना जोडिएको स्वीट्जरल्याण्डको दक्षिणी भूभाग ‘कान्तन टिसिनो’ नामक शहरमा एक पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।

केही हप्ता अघि इटालीको मिलानो शहर गएका ती पुरुष व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालमा राखेर परिक्षण थालिएको थियो । ल्याव परीक्षणका क्रममा उनमा कोरोना भाईरस लागेको पुष्टि भएको बताइएको छ । यद्यपि ती व्यक्तिको अवस्था सामान्य रहेको स्वीस इन्फो नामक अनलाईनले जनाएको छ ।

स्वीट्जरल्याण्डमा हालसम्म ३०० जनामा कोरोनाको परिक्षण गरिएको भएपनि कसैलाई पनि कोरोना भएको पुष्टि भएको थिएन । तर आज दिउँसो आएको रिपोर्टले ती व्यक्तिमा भने कोरानाको संक्रमण भेटिएपछि उनलाई लुगानो शहरस्थित एक अस्पतालमा आइसोलेसन वार्डमा राखेर उपचार गरिँदैछ । कोरोनाको संक्रमण देखिएलगत्तै यहाँको स्वास्थ्य मन्त्रालय र सुरक्षा अधिकारीहरुले यसलाई थप फैलन नदिन आवश्यक सावधानी अपनाउने जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा ४१ औं मृत्यु कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...

Top