लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार


२५ फेब्रुअरी, २०२०
पि.एल ‘तरंग’
लिंकरोभर, बेल्जियम । तपाईँ बसेको शहरमा सार्वजनिक सवारी साधनको उपलब्धता र यात्रा गर्दाको अनुभव कस्तो छ ? सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कति पैसा तिर्नुहुन्छ वा कत्तिको सहज यात्रा गर्न पाउनुभएको छ ? नेपालमा त सार्वजनिक यातयातमा महंगो भाडा तिरेर यात्रा गर्दा पनि सहज ढंगले यात्रा गर्न कठिन हुने गरेको छ।

विशेषगरी काठमाडौं उपत्यका र आसपासमा चल्ने सार्वजनिक माईक्रोबस र बसहरुमा उभिएर र झुण्डिएरै यात्रा गर्नुपर्ने बाध्यता छ । तर युरोपेली मुलुक लक्जेम्बर्गले विश्वभरका मानिसलाई चकित तुल्याउँदै छ । त्यो के भने अबको केहीदिनपछि लक्जेम्बर्गमा चल्ने सबै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले एक सेन्टपनि तिर्नु नपर्ने भएको छ ।

आगामी मार्च १ तारिखबाट लागूहुने गरी त्यहाँको सरकारले सार्वजनिक यातयातलाई निशुल्क बनाउन लागेको हो । नयाँ सरकार गठन भएसँगै लक्लेम्बर्गमा सर्वसाधारणलाई राहत हुने गरी नयाँ योजना अघि सारिएको लक्जेम्बर्गका सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । हाल लक्जेम्बर्गमा करिब पौने ८ लाख नागरिक बसोबास गर्दछन् । ती मध्ये पौने २ लाख नागरिक आप्रबासी वा विदेशी मजदुर छन् ।

यी सबैलाई राहत हुने गरी सरकारले यो योजना लागू गर्न लागेको हो । पछिल्लो समयमा लक्जेम्बर्गमा रहेका अधिकांश मानिसहरुले आफ्नो व्यक्तिगत गाडी चलाउन थालेपछि उत्पन्न हुनसक्ने वायु प्रदुषण र सवारीको अस्तव्यस्तालाई घटाउन सरकारले निक्कै सुझबुझका साथ यो नियम लागू गर्न लागेको बताइएको छ । एक तथ्यांक अनुसार लक्जेम्बर्गमा हाल साढे ४ लाखको हाराहारीमा निजी गाडीहरु सञ्चालनमा छन् ।

यद्यपि एसियाली मुलुकको तुलनामा यहाँको वायु प्रदुषण एकदमै न्यून छ । तर सरकारले दीर्घकालीन सोचका साथ यो योजना अघि सारेको हो जसका कारण यहाँका जनतालाई सार्वजनिक यातयात प्रयोग गर्न प्रेरणा दिने देखिन्छ । लक्जेम्बर्ग यस्तो मुलुक हो जुन कुल ग्रहास्त आय सबैभन्दा बढी भएको युरोपेली मुलुक हो भने यो देश विश्वकै सबैभन्दा सम्पन्न देशको सूचीमा पर्दछ । यो देशलाई बैंकहरुको शहरको रुपमा पनि चिनिन्छ ।

यहाँ अहिले २० वर्षभन्दा मुनिका युवायुवतीलाई सार्वजनिक यातयातमा निशुल्क यात्रा गर्न सरकारले छुट दिएको छ । सरकारको यो योजना पछि धनी र गरीबबीचको असमानता पनि कम हुने विश्वास लिइएको बीबीसीले उल्लेख गरेको छ । यो नियम लक्जेम्बर्गमा पर्यटकका रुपमा पुग्ने विश्वभरका पर्यटकहरुलाई समेत लागू हुने छ । जसले यहाँ निशुल्क रुपमा सार्वजनिक यातयात सेवा उपयोग गर्न पाउने भएका छन् ।

तस्वीर साभार : इन्टरनेट


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’ पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

Top