Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२०
नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द केजरीवाललाई नै मुख्यमन्त्रीको रुपमा पाएको छ । यहाँस्थित आमआदमी पार्टीका अध्यक्ष समेत रहेका केजरीवालले आज रामिला मैदानमा दिल्लीको मुख्यमन्त्रीको सपथ लिएका हुन् । योसँगै दिल्लीको मुख्यमन्त्रीको रुपमा केजरीवालले तेश्रो कार्यकालको सपथ लिएका छन् ।
दिल्लीका उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद र गोपनियताको सपथ दिलाएका थिए । भारतमा हालै सम्पन्न विधानसभा चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । कुल ७० सिटमा भएको चुनावमा भारतीय जनता पार्टीले भने ८ सिटमा चित्त बुझाउनुपरेको थियो । पछिल्लो समयमा भारतमा केजरीवालको कार्यशैली र भ्रष्टाचार विरोधी अभियानका कारण भारतको राजधानी नयाँदिल्लीलगायतका क्षेत्रमा केजरीवाल चर्चित बन्दै गएका छन् । यसअघि २ कार्यकाल दिल्लीको मुख्यमन्त्री बनिसकेका केजरीवालको कार्यशैलीले पछिल्लो समयमा भारतीय युवाहरुको मन जितेको छ ।
उनले विकास निर्माण, शिक्षा, स्वास्थ्यलगयतका कामलाई प्राथमिकतामा राखेर आफ्नो कार्यकालमा देखिने खालके विकासका काम गरेका कारण जनताहरु आम आदमी पार्टी र केजरीवालप्रति विश्वस्त देखिएका छन् ।
पछिल्लो विधानसभाको चुनावको नतिजा पनि यसैको एउटा गतिलो उदाहरण हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
Top