दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार


१६ फेब्रुअरी, २०२०
नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द केजरीवाललाई नै मुख्यमन्त्रीको रुपमा पाएको छ । यहाँस्थित आमआदमी पार्टीका अध्यक्ष समेत रहेका केजरीवालले आज रामिला मैदानमा दिल्लीको मुख्यमन्त्रीको सपथ लिएका हुन् । योसँगै दिल्लीको मुख्यमन्त्रीको रुपमा केजरीवालले तेश्रो कार्यकालको सपथ लिएका छन् ।

दिल्लीका उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद र गोपनियताको सपथ दिलाएका थिए । भारतमा हालै सम्पन्न विधानसभा चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । कुल ७० सिटमा भएको चुनावमा भारतीय जनता पार्टीले भने ८ सिटमा चित्त बुझाउनुपरेको थियो । पछिल्लो समयमा भारतमा केजरीवालको कार्यशैली र भ्रष्टाचार विरोधी अभियानका कारण भारतको राजधानी नयाँदिल्लीलगायतका क्षेत्रमा केजरीवाल चर्चित बन्दै गएका छन् । यसअघि २ कार्यकाल दिल्लीको मुख्यमन्त्री बनिसकेका केजरीवालको कार्यशैलीले पछिल्लो समयमा भारतीय युवाहरुको मन जितेको छ ।

उनले विकास निर्माण, शिक्षा, स्वास्थ्यलगयतका कामलाई प्राथमिकतामा राखेर आफ्नो कार्यकालमा देखिने खालके विकासका काम गरेका कारण जनताहरु आम आदमी पार्टी र केजरीवालप्रति विश्वस्त देखिएका छन् ।

पछिल्लो विधानसभाको चुनावको नतिजा पनि यसैको एउटा गतिलो उदाहरण हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा :  जसमा ३ छोरी, १ छोरा सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

Top