चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

Best Khabar Team | २०७६ माघ १३ गते सोमबार


तस्वीर साभार : एनविसी न्यूज

२७ जनवरी, २०२०
बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका कारण हालसम्म ८० जनाको ज्यान गै सकेको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । स्थानीय हुबे प्रान्तबाट फैलिएको रोगका कारण ७६ जनाभन्दा बढी सोही प्रान्तका संक्रमितको ज्यान गएको हो । हाल सो रोगका कारण ३ सयजना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भै रहेको छ ।

रोगका कारण हुवेलगायतका प्रान्तमा करिब ३ हजार जना प्रभावित बनेको बताइएको छ । कोरोना भाईरसले संक्रमणको रुप लिएपछि हुबे प्रान्तमा रेल, बस, हवाई तथा अन्य सार्वजनिक यातयात सेवा समेत बन्द गराइएको छ । संक्रमणले महामारीको रुप लिएपछि अहिले सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । चिनियाँ सरकारले रोग प्रभावितको उपचारको लागि दिनरात नभनी काम गरिरहे पनि यो रोग फैलँदो क्रममा छ ।

कोरोना प्रभावितहरुको उपचारका लागि विभिन्न राज्यमा अस्पताल निर्माणको काम समेत तीव्र रुपमा अघि बढाईको छ । चीन सरकारले २ दर्जन बढी आकस्मिक अस्पतालहरु निर्माणको काम थालेको छ । कोरोनाका कारण देशका विभिन्न प्रान्तका स्थानीय बासिन्दा प्रभावित बनेका छन् । जसका कारण विश्वभर यसको आतंक फैलिएको छ । रोगको संक्रमण फैलन नदिन थप मास्क तथा सुरक्षित पोसाक बनाउनका लागि स्थानीय कारखानाहरुलाई चिनियाँ सरकारले कडा निर्देशन दिएको छ ।

यस्तै सार्वजनिक विदा लम्ब्याएर यसको संक्रमण कम गर्न सरकारले सेना, सुरक्षाकर्मीलगायत परिचालन गरेको छ । जनवरी ३० मा सकिने चिनियाँ नयाँ बर्षको विदालाई बढाएर चिनियाँ सरकारले फेब्रुअरी १५सम्म कायम गरेको छ । कोरोना रोगको भाईरस तीव्र गतिमा फैलिएका कारण मानिसहरुलाई सतर्कता अपनाउन, भिडभाडमा नजान र माक्स लगाउन सरकारले आग्रह गरेको छ ।

कोरोना भाईरस संक्रमितहरु चीनका साथै फ्रान्स, अमेरिका, अष्टेलियालगायतका स्थानमा समेत भेटिएपछि विमानस्थलहरुमा विशेष हेल्थ डेक्स स्थापना गरिएको छ । नेपालमा पनि यो भाइरस प्रभावित एक जनाको उपचार भै रहेको छ । चीनमा कोरोना भाईरसको उपचारमा संलग्न एक चिकित्सकको समेत ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा ‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

२०७७ माघ ३० गते शुक्रबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...

Top