उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

Best Khabar Team | २०७६ माघ ८ गते बुधबार


फाइल तस्वीर : उद्योग मन्त्रालय

२२ जनवरी, २०२०
काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान गर्ने अन्नपूर्ण चिनी मिल र लुम्बिनी चिनी मिलका सञ्चालकको बैंकखाता रोक्का गरिएको छ । यसअघि सरकारले दिएको १५ दिनको समयसिमाभित्र पनि उखु किसानको बक्यौता रकम नतिर्ने लुम्बिनी र अन्नपूर्ण चिनी मिलका सञ्चालकहरुको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

उखु किसान मारा यी दुई उद्योगले यसअघि सरकारले दिएको समयसिमा भित्र बक्यौता रकम नतिरेपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रबैंक समक्ष उनीहरुको बैंकखाता रोक्न पत्राचार गरेको थियो । राष्ट्रबैंकले पनि मन्त्रालयको पत्र पाएलगत्तै यी दुई उखुमिल सञ्चालकको बैंकखाता रोक्का गरेको हो । यस्तै उनीहरुको आर्थिक आयआर्जन तथा हिसाव कितावको बारेमा जानकारी लिन आन्तरिक राजस्व विभागलाई निर्देशन समेत दिइएको छ ।

पत्रमा मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक रोक्का गर्न भनेको छ । नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले किसानलाई १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । यस्तै, महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ रुपैयाँ बक्यौदा तिर्न बाँकी छ ।

आफूहरुले भुक्तानी नपाएको भन्दै उखुकिसानले राजधानी केन्द्रीत आन्दोलन गरेपछि उनीहरुले माघ ४ भित्र सबै बक्यौता तिर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर समयसिमा पुरा भै सक्दा समेत उनीहरुले प्रतिबद्धता पुरा गरेका छैनन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार

२०८२ पुष ११ गते शुक्रबार

२६, डिसेम्बर, २०२५लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने...

धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि

२०८२ बैशाख १९ गते शुक्रबार

०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...

नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

२०७९ फाल्गुन २६ गते शुक्रबार

१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...

बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान

२०७७ श्रावण १३ गते मंगलबार

२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा...

Top