धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


तस्वीर : मण्डलीमाईको मन्दिर इन्टरनेटबाट साभार

२१ जनवरी, २०२०
धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गले दिएको जानकारी अनुसार सो घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । क्षमताभन्दा बढी यात्रु राखेर गुडेको सो मिनिट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । मण्डलीमा हरेक मंगलबार भक्तजनहरुको भीड लाग्ने गर्दछ।

मंगलबारमात्रै पाठीको बली लाग्ने भएकाले जिल्लाका विभिन्न स्थानबाट मेला भर्न मण्डली पुग्ने गर्दछन् । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द,  ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित) कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

हारेर होइन जितेर हराऔं कोरोना हारेर होइन जितेर हराऔं कोरोना

२०७७ जेठ १९ गते सोमबार

बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...

Top