Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा एक महिनादेखि सल्किएको आगो नियन्त्रण बाहिर गएको छ । प्रचण्ड गर्मीकाबीच आगोले सो क्षेत्रका हजारौं हेक्टर जंगल नष्ट गरेको छ । स्थानीय गिप्पस्ल्याण्ड क्षेत्रमा आगलागीले अत्यासलाग्दो अवस्था सिर्जना गरेको छ । आगोले जलेर जंगलमा रहेका हजारौं बन्यजन्तु मरेका छन् । आगलागीका कारण त्यस क्षेत्रको वातावरणसमेत प्रदुसित बनेको छ ।

आगलागी नियन्त्रणबाहिर गएपछि सरकारले आपत्कालीन बैठक बसेर ३ हजार सैनिकलाई आगो नियन्त्रणका लागि खटाउने निर्णय गरेको छ । अहिले अष्ट्रेलियाको सिड्नी, मेलबर्नलगायतको क्षेत्रको तापक्रम ४० डिग्री सेन्टिग्रेट पुगेको छ ।
आजमात्रै प्रधानमन्त्री स्कट मोरिसनले आगलागीबाट थप जनधनको क्षति नहोस् भन्नका लागि सरकारले इतिहासमै यतिधेरै सेना परिचालन गर्न लागेको बताउनुभयो । आगो नियन्त्रका लागि दर्जनौ विमान तथा बारुणयन्त्रसहितका सयौं सुरक्षाकर्मी परिचालन गरिएको भन्दै आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण सयौं स्थानीय घरबार छाडेर समुद्र क्षेत्रमा आश्रय लिइ बसेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागीबाट अहिलेसम्म १९ जनाको ज्यान गैसकेको छ भने २९ जना हराईरहेका छन् । आगलागीका कारण १ हजार ४ सय घरहर आगोले जलेका छन् । अहिले कंगारु आइसल्याण्डतर्फ आगोको ज्याला बढ्दै गएको छ । जुन नियन्त्रण बाहिर छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...
पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा...
आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह
२०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...
वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते आइतबार
१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...
Top