Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा एक महिनादेखि सल्किएको आगो नियन्त्रण बाहिर गएको छ । प्रचण्ड गर्मीकाबीच आगोले सो क्षेत्रका हजारौं हेक्टर जंगल नष्ट गरेको छ । स्थानीय गिप्पस्ल्याण्ड क्षेत्रमा आगलागीले अत्यासलाग्दो अवस्था सिर्जना गरेको छ । आगोले जलेर जंगलमा रहेका हजारौं बन्यजन्तु मरेका छन् । आगलागीका कारण त्यस क्षेत्रको वातावरणसमेत प्रदुसित बनेको छ ।

आगलागी नियन्त्रणबाहिर गएपछि सरकारले आपत्कालीन बैठक बसेर ३ हजार सैनिकलाई आगो नियन्त्रणका लागि खटाउने निर्णय गरेको छ । अहिले अष्ट्रेलियाको सिड्नी, मेलबर्नलगायतको क्षेत्रको तापक्रम ४० डिग्री सेन्टिग्रेट पुगेको छ ।
आजमात्रै प्रधानमन्त्री स्कट मोरिसनले आगलागीबाट थप जनधनको क्षति नहोस् भन्नका लागि सरकारले इतिहासमै यतिधेरै सेना परिचालन गर्न लागेको बताउनुभयो । आगो नियन्त्रका लागि दर्जनौ विमान तथा बारुणयन्त्रसहितका सयौं सुरक्षाकर्मी परिचालन गरिएको भन्दै आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण सयौं स्थानीय घरबार छाडेर समुद्र क्षेत्रमा आश्रय लिइ बसेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागीबाट अहिलेसम्म १९ जनाको ज्यान गैसकेको छ भने २९ जना हराईरहेका छन् । आगलागीका कारण १ हजार ४ सय घरहर आगोले जलेका छन् । अहिले कंगारु आइसल्याण्डतर्फ आगोको ज्याला बढ्दै गएको छ । जुन नियन्त्रण बाहिर छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...
महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन
२०७७ फाल्गुन २६ गते बुधबार
११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु...
याङ्गुनका सडकमा ओर्लियो मानव सागर !
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...
पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...
Top