आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०६ अगस्ट, २०२०
काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि फेरि सबारी साधनमा जोर विजोर लागू गरिएको छ । आजदेखि लागूहुने गरी सरकारले काठमाडौं उपत्यकालगायत देशभर सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।

जस अनुसार जोरबार सवारी साधनको नम्बर प्लेटको अन्यमा जोर नम्बर भएकाहरुले मात्रै सवारी चलाउन पाउने छन् भने विजोर बार विजोर नम्बर भएकाहरुले । सरकारले लकडाउन खुकुलो पारेलगत्तै देशव्यापी रुपमा सवारी साधन तथा मानिसहरुको चहलपहल ह्वात्तै बढेपछि कोरोना भाइरसको जोखिम पनि बढेको छ । जसका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आज मात्रै ६ जनाले ज्यान गुमाएका छन् ।

अत्यावश्यक सेवाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने गृहमन्त्रालयले जनाएको छ । २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा यो नियम अनिवार्य रुपमा लागू गर्न गृहमन्त्रालयले मातहतका निकाय र प्रहरीहरुमा सर्कुलर जारी गरेको छ । यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न समेत प्रतिबन्ध लगाईएको गृहमन्त्रालयले जनाएको छ । आजमात्रै देशभर ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो  (भिडियोसहित) लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...

नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...

क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

Top