युरोप

फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइसरको संक्रमणले भयाबह रुप लिँदै गएको छ । बुधबार फ्रान्समा हालसम्म सबैभन्दा धेरैको ज्यान गएको छ । कोरोनाका कारण बुधबार फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् । यो संख्या फ्रान्समा कोरोनाबाट एकै दिन ज्यान गुमाएको हालसम्मको सबैभन्दा धेरै संख्या हो । यसअघि…

बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का एक नेपालीले पनि ज्यान गुमाएका छन् । बेलायतको साउथइस्टमा बस्ने पूर्व भारतीय सैनिक लक्ष्मण श्रेष्ठको कोरोनाका कारण आज बिहान निधन भएको अस्पतालले जनाएको छ । उनी कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नबौं नेपाली हुन् । यसअघि ८ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । स्याङ्गजाको पुतलीबजार…

फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो केहीसातायाता कोरोना भाइरसबाट दैनिक सयौंको संख्यामा आम नागरिकको ज्यान गै रहेको छ । गत फेब्रुअरी १५ तारिखदेखि फ्रान्समा कोरोनाको संक्रमण शुरुभएयता अहिलेसम्म झण्डै १५ हजारको ज्यान गै सकेको छ । दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा यहाका राष्ट्रपति एमानुएल माक्रोंले लकडाउनको समय थप एक महिना बढेको घोषणा…

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व गोर्खा सैनिकको ज्यान गएको छ । नेपालको कास्की जिल्लाको पर्यटकीय नगरी घान्द्रुक घर भएका दक्षिणबहादुर गुरुङ्गको कोरोनाको संक्रमणका कारण आज ज्यान गएको उनका आफन्तहरुले जनाएका छन् । ६५ वर्षका गुरुङ्गको लण्डनको रेडिङ बर्कशायर अस्पताको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गएको हो । उनी आफ्नी श्रीमती र दुई…

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

Best Khabar Team | २०७७ आश्विन १८ गते आइतबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको बुहान प्रान्तमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बिहीबार १०० दिन पुगेको छ । गत डिसेम्बर ३१ मा पहिलो पटक चीनको वुहानमा यो भाइरसको संक्रमण देखिएको थियो । डिसेम्बर…

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९ को डिसेम्बरको दोश्रो सातामा चीनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेलाका विश्वका प्रायः सबै देशहरुमा फैलिइसकेको छ । कतिपय देशमा भर्खरै कोरोनाको संक्रमण देखिन थालेको छ भने कतिपय देशहरुमा कोरोनाले ठूलो जनधनको क्षति पु-याईसकेको छ । त्यसो त कोरोनाका कारण विश्वका प्रायः…

बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार

०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को संक्रमणमा परी बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । नेपालको पर्वत जिल्ला घर भै लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक समेत रहेका चेतप्रसाद गुरुङ्गको हिजोसाँझ यहाँस्थित अस्पतालमा निधन भएको हो । उनी तमु धीं बेलायत अन्र्तगत लण्डन इकाइएका बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए । विगत…

फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०७७ असार २० गते शनिबार

०७ अप्रिल २०२० पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका कारण मानिसहरुको हताहतिको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्रै फ्रान्समा कोरोनाका कारण १ हजार ४ सय १७ जनाको ज्यान गएको छ । कोरोना सम्बन्धी प्रत्यक्ष जानकारी अपडेट गर्ने वल्डोमिटर्स डटकमले मंगलबार स्थानीय समय अनुसार साँझ साढे ८ बजे जारी गरेको तथ्यांक अनुसार मंगलबारमात्रै थप ११…

बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको अवस्था गम्भीर बनेको छ । कोरोनाको संक्रमण भएपछि आफ्नै निवासमा आराम गरिरहेका बोरिसको स्वास्थ्य विग्रँदै गएपछि चिकित्सकहरुको सल्लाह अनुसार उनलाई हिजो अस्पतालको आइसोलेसन कक्षमा राखिएर उपचार थालिएको थियो । तर त्यसको २४ घण्टा वित्न नपाउँदै उनको स्वास्थ्य जटिल बन्दै गएपछि…

जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको युरोपेली मुलुक जर्मनीको हेसेन राज्यका अर्थमन्त्रीको शव स्थानीय रेलवे स्टेनमा भेटिएको छ । ५४ वर्षका अर्थमन्त्री थोमस स्केफरको शव गएराति स्थानीय रेलवे स्टेशनमा भेटिएको थियो । उनलाई नजिकबाट चिन्नेहरुले कोरोना भाइरसको पछिल्लो महामारी र त्यसबाट जर्मनीलगायत विश्व अर्थतन्त्रमा पर्नसक्ने असरका बारेमा उनी बढी…

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाएका छन् । राजधानी लण्डनलगायतका शहरमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण गएरातिदेखि आज दिउँसोसम्ममा २ सय ९ जनाले ज्यान गुमाएका छन् । हिजो यही समयमा यहाँको सरकारले जारी गरेको बुलेटिन अनुसार हिजो…

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै गएको कोरोना भाइरसको प्रकोपबाट यहाँकी राजकुमारीको ज्यान गएको छ । डेल्ली मेलका अनुसार कोरोनाको संक्रमणका कारण विरामी परेकी ६ वर्षकी राजकुमारी मारिया टेरेराको हिजो निधन भएको हो । कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन् । उनको हिजो मृत्यु भएकोमा ल्याव परिक्षणबाट आएको स्वाबको…

इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका कारण मानिसहरुले ज्यान गुमाउने क्रम बढ्दै गैरहेको छ । बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसो (स्थानीय समय अनुसार दिउँसो ४ बजेसम्म) सम्ममा १ हजार ८ सय ८ जनाले ज्यान गुमाएका छन् । यो इटलीका पछिल्लो दिनहरुमा भएका सबैभन्दा धेरै हताहतीको संख्या हो । तथ्यांकमा हेर्नोस् इटलीको…

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय…

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । कोरोना भाइरसबारे लाइभ…

Top