युरोप

बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली युवकले गुडिरहेको रेलको अगाडिको लिगमा हामफालेर आत्महत्या गरेका छन् । पश्चिम नेपालको पर्वत जिल्ला घर भएका ३५ वर्षका सुमन जैसी नामका ती युवक लामो समयदेखि बेल्जियममै बस्दै आएका थिए । उनले २ दिनअघि साँझ लुभेन शहरमा चल्ने रेलको लिगमा हाम फालेका हुन् । उनले रेलको लिगमा…

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण…

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक कोरोनाको संक्रमणबाट मानिसको ज्यान गएको छ । यद्यपि ती मानिस कोरोनाको संक्रमणबाट नभै अन्य स्वास्थ्य समस्याले अस्पताल पुगेको बताइएको छ । समाचारमाध्यमहरुले जनाएका अनुसार केही समयअघि अर्कै समस्या लिएर ती व्यक्ति लण्डनस्थित एक अस्पताल आउ जाउ गर्ने गरेका थिए र तर गएराति उनको अस्पतालमै ज्यान गएको…

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वव्यापी बन्दै गएपछि जर्मनीको बर्लिनमा हरेक वर्ष आयोजना हुने विश्वभरका पर्यटन व्यवसायीको कुम्भमेला (आइटिबी बर्लिन २०२०) अन्तिम सममा आएर स्थगित भएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण ती देशबाट आउने पर्यटन व्यवसायी तथा अन्य प्रदर्शनीकर्ताहरुको स्वास्थ्य सुरक्षाका…

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना नेपालीमाथि कोरोनाको आशंका गरिएलगत्तै उनीहरुलाई अहिले अस्पतालमा राखेर परिक्षण थालिएको छ । फ्रान्सका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका समाचार अनुसार युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित देश इटलीबाट अबैध रुपमा फ्रान्स आएका ती नेपालीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ । इटलीबाट अबैध…

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप एक व्यक्तिको कोरोना भाईरस ( कोभिड १९)का कारण मृत्यु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरुले जनाए अनुसार ६० वर्षका ती पुरुष व्यक्तिको उपचारको क्रममा पेरिसको एक अस्पतालमा ज्यान गएको हो । यो सहित पेरिसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । केही समयअघि चीनको हुबेई प्रान्तबाट…

स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वीट्जरल्याण्डका समाचारमाध्यमका अनुसार इटलीसँग सिमाना जोडिएको स्वीट्जरल्याण्डको दक्षिणी भूभाग ‘कान्तन टिसिनो’ नामक शहरमा एक पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । केही हप्ता अघि इटालीको मिलानो शहर गएका ती पुरुष व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालमा…

युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितहरुको संख्या इटलीमा देखिएको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको ज्यान गएको छ भने करिब १ सयमा नयाँ संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ…

राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ फेब्रुअरी, २०२० जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक शुरु हुँदैछ । यही फेब्रुअरी २४ देखि शुरुहुने बैठकमा विश्वका विभिन्न राष्ट्रका परराष्ट्रमन्त्री तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । बैठकमा विश्वका विभिन्न देशको मावनअधिकारको पछिल्लो अवस्थाको बारेमा प्रतिवेदनहरु पेश हुनेछन् । विशेषत :…

जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई छुट्टाछुट्टै शहरमा गएराति भएको गोलीकाण्डमा ज्यान गुमाउनेका संख्या ९ पुगेको छ । यद्यपि केही सञ्चारमाध्यमले भने घटनामा संलग्न आक्रमणकारी र उनकी आमासहित घटनामा ११ जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । जर्मनीको हानाउ सहरमा एक ४३ वर्षका आक्रमणकारीले स्थानीय एक क्लवमा गएराति ११ बजेतिर अन्धाधुन्द गोली…

इटलीको मिलानमा भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ फेब्रुअरी, २०२०मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२० शुरु भएको करिब २ महिनापछि युरोपेली मुलुक इटलीमा पनि यसलाई प्रबद्र्धन गर्न यहाँस्थित नेपालीहरुले कार्यक्रम गरेका छन् । इटलीको पर्यटकीय एवं ऐतिहासिक शहर मिलानमा नेपाल भ्रमणवर्षको औपचारिक उद्घाटन कार्यक्रम गरिएको बाणिज्य दुतावास इटलीले जानकारी दिएको छ । इटलीयन पर्यटकहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा स्वीट्जरल्याण्डस्थित नेपाली दुतावासको…

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न आएका एक चिनियाँ पर्यटकको कोरोना भाइरसका कारण ज्यान गएको छ । युरोपेली मुलुक फ्रान्सको पेरिस शहर घुम्न आएका चीनको हुबेई प्रान्तका ८० वर्षका ती चिनियाँ पर्यटक जनवरीको तेश्रो साता पेरिस अवतरण गरेका थिए । पेरिस आएलगत्तै उनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चिकित्सकहरुले विमानस्थलबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा…

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा अहिलेसम्म निरन्तर रुपमा कति लामो यात्रा तय गर्नुभएको छ ? एक घण्टा, १० घण्टा, १० दिन वा एक महिना ? सबैसँग यस बारेमा आ–आफ्नै उत्तर र अनुभव होला । तर युरोपेली मुलुक नर्वेका एक युवकले भने साइकलमा निरन्तर रुपमा झण्डै १० महिना लामो यात्रा तय गर्दैछन्…

गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा एकजना गोर्खाली युवक अघि बढेका छन् । आगामी मार्च तेश्रो तथा चौथो हप्तामा हुन गैरहेको नगरपालिकाको चुनावमा गोर्खाका निर्मल अर्यालले आफूलाई उपप्रमुखको उम्मेद्वारको रुपमा घोषणा गर्ने तयारी गरेका छन् । विगत ३ दशकदेखि यस क्षेत्रमा बस्दै आएका अर्यालले स्थानीय…

४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम दिँदै युरोपेली युनियन (इयु) को एउटा महत्वपूर्ण देश बेलायत इयुबाट अलग हुँदैछ । स्थानीय समय अनुसार अबको करिब ५ घण्टा पछि अर्थात् स्थानीय समय अनुसार आज राति ११ बजेबाट बेलायत युरोपियन युनियनबाट अलग हुँदैछ । युरोपियन युनियनबाट बाहिरिनका लागि बेलायतको संसदमा पटक–पटक चुनाव समेत भएका थिए…

Top