युरोप

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय…

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । कोरोना भाइरसबारे लाइभ…

कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको अवस्था भयाबह बन्दै

Best Khabar Team | २०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०एन्तोर्पेन, बेल्जियम । कोरोना भाइरसको संक्रमणका कारण युरोपका विभिन्न देशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । ती देशमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गैरहेको छ भने मृतकको संख्या पनि बढ्न थालेको छ । पछिल्लो १ महिनायता देखिएको कोरोनाका कारण विशेष गरी युरोपका इटली, स्पेन, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, जर्मनीलगायतको देशमा ठूलो संख्यामा मानिसहरुको मृत्यु…

कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२० लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार पूर्वी नेपालको संखुवासभा घर भै विगत लामो समयदेखि लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षका लीलाबहादुर राइको ४ दिनअघि निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई मंगलबार बिहान उपचारको लागि अस्पताल पु-याइएको…

पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन

Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक चर्चित बैंकका अध्यक्षको ज्यान गएको छ । विगत केही केही सातादेखि उनी कोरोनाको संक्रमणको कारण अस्पतालमा उपचाररथ थिए । यहाँको चर्चित ‘स्टेन्डर्ड टोटा’ बैंकको सञ्चालक समितिका अध्यक्ष आन्तोनिउ भियरा मुन्तेइरुको आज अस्पतालमा ज्यान गएको हो । एक वर्षअघि मात्रै बैंकको सञ्चालक समितिको अध्यक्ष बनेका उनी ७४…

युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै

Best Khabar Team | २०७६ चैत्र ४ गते मंगलबार

१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट आफ्नो मुलुकलाई जोगाउन युरोपका विभिन्न देशले विभिन्न खाले रणनीति अपनाउन थालेका छन् । यही क्रममा युरोपेली युनियनको केन्द्रको रुपमा रहेको बेल्जियमले आफ्नो देशको सबै सिमाहरु भोलिदेखि बन्द गर्ने निर्णय गरेको छ । बेल्जियम सरकारले आगामी अप्रिल ५ तारिखसम्मका लागि आफ्नो…

कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक स्पेनसँगको सबै सिमा नाकाहरु बन्द गरेको घोषणा गरेको छ । पोर्चुगलको सरकारले आज अपरान्ह एक सूचना जारी गरी दुबै देशमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई नियन्त्रणका लागि भन्दै स्पेन हुँदै पोर्चुगल आउने गाडी तथा यात्रुहरुको आवागमन बन्द भएको घोषणा गरेको हो । यो…

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको प्रकोपबाट युरोपेली मुलुक इटलीमा हालसम्म सबैभन्दा बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म इटलीका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् । इटलीमा हालसम्म २४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण फैलिएपछि सिँगो देश…

पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा

Best Khabar Team | २०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको उपचारको क्रममा अस्पतालमा निधन भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पोर्चुगलको राजधानी लिस्बनको सान्ता मारिया अस्पतालमा उपचारको क्रममा रहेका एक ८० वर्षका बृद्धको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो । उनी विगत ३ सातादेखि अस्पतालमा उपचारका क्रममा थिए । उनलाई बचाउन चिकित्सकहरुले…

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन झण्डै ७६ जना नयाँ कोरोना संक्रमित भेटिएपछि यहाँको सरकारले छिमेकी मुलुक स्पेनसँगको सिमा बन्द गर्ने तयारी गरेको छ । पोर्चुगल आउने अधिकांश पर्यटकहरु छिमेकी मुलुक स्पेनबाट आउने हुनाले स्पेनसँगको सिमा बन्द गर्न लागिएको हो । प्रधानमन्त्री एन्तोनियो कोस्ताले यो विषयमा भोलि बिहान सरोकारवालाहरु सँग सल्लाह गरेर…

पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो जिल्लामा रहेको कृषि फार्ममा काम गर्ने एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । फारोस्थित रिजनल हेल्थ सेन्टरका अनुसार केहीदिन अघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती नेपालीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । ल्याबको रिपोर्टमा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनलाई अहिले क्वारेन्टाईनमा राखेर उपचार…

पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो

Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २ सातायता कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्रै थप ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आज देशव्यपी रुपमा ‘एलर्ट’ जारी गरेको छ । पोर्चुगलको उत्तरी भूभागमा पर्ने पोर्तो शहरमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने राजधानी लिस्बन…

बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो

Best Khabar Team | २०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको कारोना भाइरसको संक्रमणमा बेलायतकी स्वास्थ्यमन्त्री समेत परेकी छन् । नादीन डोरिज नाम गरेकी बेलायती स्वास्थ्यमन्त्रीमा हालै गरिएको परिक्षणमा कोरोनाको संक्रमण देखिएको हो । केहीसमयअघि उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रयोगशालामा गरिएका विभिन्न परिक्षणबाट उनमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो । बेलायतमा रहेको कन्जर्वेटिभ पार्टीका तर्फबाट…

धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका एक युवक बेलायतको केन्ट अस्फोर्ट नजिकै रहेको भिक्टोरिया पार्कको स्टावर नदी किनारमा मृत अवस्थामा भेटिएका छन् । धरानका अन्दाजी ३३ वर्षका युगल लिम्बुको शव हिजो दिउँसो प्रहरीले नदी किनारमा फेला परेको जनाएको छ । उनी यहाँको स्थानीय समय अनुसार गएको शनिबार दिउँसोदेखि बेपत्ता थिए । परिवार…

इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश

Best Khabar Team | २०७६ फाल्गुन २७ गते मंगलबार

१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा बढी कोरोना प्रभावित तथा मृतकको संख्या बढ्दै गएपछि युरोपेली मुलुक इटलीले आफ्ना देशका नागरिकहरुलाई आवातजावतमा रोक लगाएको छ । सरकारले करोडौं नागरिकहरुलाई घरभित्रै बस्नका लागि अनुरोध गरेको छ । कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाका दरले बढ्दै गएपछि यहाँको सरकारले नागरिकहरुलाई भाइरसको संक्रमण थप फैलन नदिन…

Top