काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार


२४ डिसेम्बर, २०१९
काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय रुपमै गजल महोत्सव आयोजना हुन लागेको छ । कथा, कवितालगायत साहित्यका विभिन्न विधाहरुको राष्ट्रिय रुपमै महोत्सव गरिने गरिएको भएपनि गलज महोत्सव भने पहिलोपटक हुन लागेको हो । यसको संयोजक नेपाल राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानले गर्दैछ ।

देशव्यापी रुपमा गलजप्रेमीहरुको संख्या बढ्दै गएपछि र सामाजिक सञ्जालमा राम्रा राम्रा गजल समेत सार्वजनिक हुन थालेपछि प्रतिष्ठानले आफ्नो ६२ वर्षको इतिहासमा पहिलो पटक गलज महोत्सवको आयोजना गर्न लागेको हो । यसअघि प्रतिष्ठानले दशकौं अघिदेखि कथा तथा कविताको राष्ट्रिय महोत्सव समेत गर्दै आइरहेको छ ।

आगामी माघको १५ र १६ गते काठमाडौंमा गर्न लागिएको प्रज्ञा प्रतिष्ठान काव्य विभागका प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेलको भनाई छ । उहाँका अनुसार यसपटक राष्ट्रिय युवा परिषद्ले महोत्सवमा सहकार्य गर्दैछ । महोत्सवमा देशका ७ वटै प्रदेशका गलज विधामा कलम चलाउने गलजकारहरुलाई सहभागी गराईने छ ।

यस्तै भारतका सिक्किम दार्जलिङ्गलगायतका क्षेत्रबाट समेत गजलकारहरुलाई समेत समेटिने छ । कार्यक्रममा युवापुस्ता माझ चर्चित बन्दै गएको गजलसाहित्यलाई भोलिका दिनमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा चिन्तनमनन समेत गरिने महोत्सवका संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

२०७९ फाल्गुन २६ गते शुक्रबार

०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल...

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द,  ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित) कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

Top