Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५
ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न परिस्थितिका कारण भारतमा आश्रय लिईरहेकी बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित करिब १ सय जनाको राहदानी रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनासहित अरु ९८ जनाको राहदानी (पासपोर्ट) रद्द गरिएको जनाएको छ ।

गत जुलाईमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई अमानवीय तबरले हत्या गरेको तथा व्यक्ति वेपत्ता बनाउन तत्कालीन सरकारले सहयोग गरेको भन्दै यस्तो कदम लिइएको बताइएको छ । राहदानी रद्द भएकामा ३ दर्जन बढी व्यापारी, सोही संख्यामा राजनीतिक नेता तथा अवामी लिगसँग सम्बन्ध अन्य नेता तथा पदाधिकारीहरु रहेका छन् ।
उनीहरुले तत्कालीन सरकारको निर्देशनमा जुलाईमा बंगलादेशमा भएको प्रदर्शनमा व्यापक दमन तथा हिंसात्मक गतिविधि गरेको अन्तरिम सरकारको ठहर छ । हिजोमात्रै पूर्व प्रधानमन्त्री हसिनासहित अरु २ दर्जन नेता व्यापारी विरुद्ध अन्र्तराष्ट्रिय फौजदारी न्यायधिकरण (आइसिटी) उजुरी परेको थियो ।

गत जुलाईमा बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा सयौंले ज्यान गुमाएका थिए भने कयन् घाइते भएका थिए । सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेपछि पूर्वप्रधानमन्त्री हसिनालगायत केही नेता तथा कार्यकर्ताले बंगलादेश छाडेर भारतमा आश्रय लिइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स
२०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...
नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै
२०७९ फाल्गुन २६ गते शुक्रबार
१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...
बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...
क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...
Top