Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५
ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न परिस्थितिका कारण भारतमा आश्रय लिईरहेकी बंगलदेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित करिब १ सय जनाको राहदानी रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री हसिनासहित अरु ९८ जनाको राहदानी (पासपोर्ट) रद्द गरिएको जनाएको छ ।

गत जुलाईमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई अमानवीय तबरले हत्या गरेको तथा व्यक्ति वेपत्ता बनाउन तत्कालीन सरकारले सहयोग गरेको भन्दै यस्तो कदम लिइएको बताइएको छ । राहदानी रद्द भएकामा ३ दर्जन बढी व्यापारी, सोही संख्यामा राजनीतिक नेता तथा अवामी लिगसँग सम्बन्ध अन्य नेता तथा पदाधिकारीहरु रहेका छन् ।
उनीहरुले तत्कालीन सरकारको निर्देशनमा जुलाईमा बंगलादेशमा भएको प्रदर्शनमा व्यापक दमन तथा हिंसात्मक गतिविधि गरेको अन्तरिम सरकारको ठहर छ । हिजोमात्रै पूर्व प्रधानमन्त्री हसिनासहित अरु २ दर्जन नेता व्यापारी विरुद्ध अन्र्तराष्ट्रिय फौजदारी न्यायधिकरण (आइसिटी) उजुरी परेको थियो ।

गत जुलाईमा बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा सयौंले ज्यान गुमाएका थिए भने कयन् घाइते भएका थिए । सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेपछि पूर्वप्रधानमन्त्री हसिनालगायत केही नेता तथा कार्यकर्ताले बंगलादेश छाडेर भारतमा आश्रय लिइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दोलखाका खड्काको चीनमा निधन
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : दर्जनौको मृत्यु, केही अस्पतालसहित सयौं घर भत्किए
२०७७ माघ ३ गते शनिबार
१६ जनवरी, २०२१जाकर्ता, इन्डोनेसिया ।इन्डानेसियामा आज बिहान गएको भूकम्पमा...
विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...
Top