राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !

Best Khabar Team | २०७९ फाल्गुन २२ गते सोमबार


०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित बहुचर्चित मोबाइल एप ‘टिकटक’ माथि क्यानडा सरकारले प्रतिबन्ध लगाउन शुरु गरेको छ । यसको शुरुवात सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको कम्प्युटर र इन्टरनेट प्रयोग गरी टिकटक चलाउन प्रतिबन्ध लगाईको छ ।

तस्वीर साभार : इन्टरनेट ।

अमेरिकालगायतका विश्वका विभिन्न देशले चीनमा प्रमुख कार्यालय रहेको सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताको बारेमा व्यक्तिगत सामाग्री, गोपनियता, स्थानलगायतका महत्वपूर्ण सूचना संकलन गरिरहेको आरोप लगाईरहेकै बेला क्यानडा सरकारले यो निर्णय गरेको हो । टिकटक एप मार्फत् टिकटक कम्पनीले प्रयोगकर्ताको नितान्त व्यक्तिगत जानकारी, सूचनालगायतका डाटा संकलन गरिरहेको र यसले राष्ट्रिय सुरक्षा र गोपनियतामाथि गम्भीर असर गरेको भन्दै क्यानडा सरकारले सरकारी कार्यालयहरुको सर्भर तथा कम्प्युटर प्रयोग गरी टिकटक नचलाउन कर्मचारीहरुलाई भनेको हो ।

हालै यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना देशमा रहेका टिकटक प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी चुहावट हुन नदिन सरकार गम्भीर रहेको भन्दै पहिलो चरणमा सरकारी कार्यालयका कर्मचारीहरुलाई टिकटक चलाउन रोक लगाइएको बताएका छन् । आउँदा दिनमा निजी व्यापारिक फर्म, विभिन्न संघ संस्थालगायत निजी प्रयोगकर्ताहरुले पनि यो विषयमा गम्भीर बन्न प्रधानमन्त्रीले ध्यानाकर्षण गराएको सिएनएनले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

यसअघि युरोपेली संघ तथा अमेरिकाले पनि टिकटकले राष्ट्रिय सुचना तथा जानकारी संकलन गरिरहेको भन्दै यसको प्रयोगलाई रोक्नका आवश्यक कदम चाल्ने निर्णय गरेका थिए । चिनियाँ टिकटक निर्माता कम्पनीले भने यी आरोपहरुको खण्डन गर्दै टिकटले प्रयोगकर्ताहरु गोपनियताको उच्च सम्मान गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

२०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित...

दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...

Top