Best Khabar Team | २०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित बहुचर्चित मोबाइल एप ‘टिकटक’ माथि क्यानडा सरकारले प्रतिबन्ध लगाउन शुरु गरेको छ । यसको शुरुवात सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको कम्प्युटर र इन्टरनेट प्रयोग गरी टिकटक चलाउन प्रतिबन्ध लगाईको छ ।

अमेरिकालगायतका विश्वका विभिन्न देशले चीनमा प्रमुख कार्यालय रहेको सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताको बारेमा व्यक्तिगत सामाग्री, गोपनियता, स्थानलगायतका महत्वपूर्ण सूचना संकलन गरिरहेको आरोप लगाईरहेकै बेला क्यानडा सरकारले यो निर्णय गरेको हो । टिकटक एप मार्फत् टिकटक कम्पनीले प्रयोगकर्ताको नितान्त व्यक्तिगत जानकारी, सूचनालगायतका डाटा संकलन गरिरहेको र यसले राष्ट्रिय सुरक्षा र गोपनियतामाथि गम्भीर असर गरेको भन्दै क्यानडा सरकारले सरकारी कार्यालयहरुको सर्भर तथा कम्प्युटर प्रयोग गरी टिकटक नचलाउन कर्मचारीहरुलाई भनेको हो ।
हालै यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना देशमा रहेका टिकटक प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी चुहावट हुन नदिन सरकार गम्भीर रहेको भन्दै पहिलो चरणमा सरकारी कार्यालयका कर्मचारीहरुलाई टिकटक चलाउन रोक लगाइएको बताएका छन् । आउँदा दिनमा निजी व्यापारिक फर्म, विभिन्न संघ संस्थालगायत निजी प्रयोगकर्ताहरुले पनि यो विषयमा गम्भीर बन्न प्रधानमन्त्रीले ध्यानाकर्षण गराएको सिएनएनले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।
यसअघि युरोपेली संघ तथा अमेरिकाले पनि टिकटकले राष्ट्रिय सुचना तथा जानकारी संकलन गरिरहेको भन्दै यसको प्रयोगलाई रोक्नका आवश्यक कदम चाल्ने निर्णय गरेका थिए । चिनियाँ टिकटक निर्माता कम्पनीले भने यी आरोपहरुको खण्डन गर्दै टिकटले प्रयोगकर्ताहरु गोपनियताको उच्च सम्मान गरेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...
Top