Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्दै गएपछि त्यसको असर नेपालमा पछि देखिन थालेको छ । पछिल्लो केहीदिनयता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना परिक्षणको क्रममा संक्रमितको दर पनि बढ्न थालेको छ ।

विगत केहीदिनयता देशभर बढेको कोरोना संक्रमितको तथ्यांकलाई हेर्दा नेपालमा कोरोना संक्रमित बढ्न थालेको स्पष्ट भएको भन्दै स्वास्थ्य विशेषज्ञहरुले आवश्यकता सावधानी अपनाउन आग्रह गरेका छन् ।
यहि गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चिकित्सकहरुले आवश्यक सावधानी अपनाउन भन्दै आवश्यक परे पुनःलकडाउन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ६० जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, आइतबार देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विगत केही साता अघिसम्म देशभर कोरोना संक्रमितको संख्या एक सय भन्दा तल पुगेको थियो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा १ सय १३ जना कोरोना संक्रमण सङ्क्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म देशभर २ लाख ७८ हजार ४ सय ७० जनामा कोभिड सङ्क्रमण पुष्टी भइसकेको छ। कोरोनाबाट हालसम्म देशभर ३ हजार ३६ जना संक्रमितले ज्यान गुमाईसकेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ
२०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...
Top