फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित

Best Khabar Team | २०७७ चैत्र २४ गते मंगलबार


०६ अप्रिल, २०२१
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्दै गएपछि त्यसको असर नेपालमा पछि देखिन थालेको छ । पछिल्लो केहीदिनयता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना परिक्षणको क्रममा संक्रमितको दर पनि बढ्न थालेको छ ।

विगत केहीदिनयता देशभर बढेको कोरोना संक्रमितको तथ्यांकलाई हेर्दा नेपालमा कोरोना संक्रमित बढ्न थालेको स्पष्ट भएको भन्दै स्वास्थ्य विशेषज्ञहरुले आवश्यकता सावधानी अपनाउन आग्रह गरेका छन् ।

यहि गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चिकित्सकहरुले आवश्यक सावधानी अपनाउन भन्दै आवश्यक परे पुनःलकडाउन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ६० जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, आइतबार देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विगत केही साता अघिसम्म देशभर कोरोना संक्रमितको संख्या एक सय भन्दा तल पुगेको थियो ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा १ सय १३ जना कोरोना संक्रमण सङ्क्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म देशभर २ लाख ७८ हजार ४ सय ७० जनामा कोभिड सङ्क्रमण पुष्टी भइसकेको छ। कोरोनाबाट हालसम्म देशभर ३ हजार ३६ जना संक्रमितले ज्यान गुमाईसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...

चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...

Top