Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति पत्रका लागि लिखित परिक्षा दिएको १८ महिनासम्ममा ट्रायल दिन पाउने व्यवस्था शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको चापलाई मध्यनजर गर्दै अबदेखि लिखित परिक्षा दिएको १८ महिनासम्म ‘ट्रायल’ दिन पाउने व्यवस्था गर्न लागेको हो ।

यसअघि सवारी चालक अनुमतिका पत्रका लागि लिखित परिक्षा दिएको ९० दिनभित्रमा ट्रायल दिन पाउने व्यवस्था गरेको थियो । तर गतवर्षदेखि कोरोनाका कारण उत्पन्न परिस्थिति, त्यसपछिको लकडाउन र त्यस अवधिमा रोकिएका तथा नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको संख्या धेरै भएका कारण नियम परिवर्तन गर्न लागिएको विभागको भनाई छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नयाँ व्यवस्था गर्न लागेको हो । योसँगै अब लिखित परिक्षा सकिएको ९० दिनभित्र ट्रायल दिनुपर्ने बाध्यकारी प्रावधान समेत हटेको छ । विभागले नयाँ सवारी चालक अनुमतिपत्र लिने क्रममा हुने ट्रायल परिक्षालाई परिमार्जन गर्दै अंक प्रणालीमा लैजाने व्यवस्था गर्ने विषयमा समेत छलफल अघि बढेको छ । विभागले अब यो नियम लागू गरेसँगै सवारी चालक अनुमति पत्रका लागि वर्षौैैं कुर्नुपर्ने बाध्यता हट्नुका साथै सवारी चालक अुनमति पत्र लिने तथा नविकरण गर्ने व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ
२०७६ मंशिर २३ गते सोमबार
वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top