Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१
काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति पत्रका लागि लिखित परिक्षा दिएको १८ महिनासम्ममा ट्रायल दिन पाउने व्यवस्था शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको चापलाई मध्यनजर गर्दै अबदेखि लिखित परिक्षा दिएको १८ महिनासम्म ‘ट्रायल’ दिन पाउने व्यवस्था गर्न लागेको हो ।

यसअघि सवारी चालक अनुमतिका पत्रका लागि लिखित परिक्षा दिएको ९० दिनभित्रमा ट्रायल दिन पाउने व्यवस्था गरेको थियो । तर गतवर्षदेखि कोरोनाका कारण उत्पन्न परिस्थिति, त्यसपछिको लकडाउन र त्यस अवधिमा रोकिएका तथा नयाँ सवारी चालक अनुमति पत्र लिन चाहनेहरुको संख्या धेरै भएका कारण नियम परिवर्तन गर्न लागिएको विभागको भनाई छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नयाँ व्यवस्था गर्न लागेको हो । योसँगै अब लिखित परिक्षा सकिएको ९० दिनभित्र ट्रायल दिनुपर्ने बाध्यकारी प्रावधान समेत हटेको छ । विभागले नयाँ सवारी चालक अनुमतिपत्र लिने क्रममा हुने ट्रायल परिक्षालाई परिमार्जन गर्दै अंक प्रणालीमा लैजाने व्यवस्था गर्ने विषयमा समेत छलफल अघि बढेको छ । विभागले अब यो नियम लागू गरेसँगै सवारी चालक अनुमति पत्रका लागि वर्षौैैं कुर्नुपर्ने बाध्यता हट्नुका साथै सवारी चालक अुनमति पत्र लिने तथा नविकरण गर्ने व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे
२०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...
देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने
२०७८ जेठ १० गते सोमबार
२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...
नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै
२०७७ बैशाख ७ गते आइतबार
१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...
Top