कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

Best Khabar Team | २०७७ माघ १३ गते मंगलबार


२६ जनवरी, २०२१
मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना भाईरस प्रकोपमा राज्यको भूमिका प्रभावकारी नभएको जनगुनासो बढिरहेका बेला इटालीका प्रधानमन्त्रीले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । उनले आज यहाँका राष्ट्रपति सर्जियो मातारेलासमक्ष राजीनामा बुझाएका हुन् । इटलीले अहिले कोरोना भाइरसको दोश्रो लहरको सामना गरिरहेको छ ।

प्रधानमन्त्री जुसेप कोन्टे

तर प्रधानमन्त्री जुसेप कोन्टे नेतृत्वको सरकारले आम नागरिकको जनजीवन सहज बनाउने तथा स्वास्थ्य उपचारलगायतका विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै इटलीमा व्यापक गुनासो बढ्दै गएको बेला उनले एक्कासी राजीनामा बुझाएका हुन् । उनले आफ्ना निकटस्थहरुसँग कोरोनाको महामारी नियन्त्रणका लागि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिएको बताएका छन् ।

‘अहिलेको अवस्थामा जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेका कारण सरकारमा रहिरहनु उपयुक्त हुने नदेखेरै मैले राजीनामा बुझाएको हुँ’ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री कोन्टे नेतृत्वको सरकारले कोरोना भाइरसको प्रकोपयता जनअपेक्षा अनुसारको काम गर्न नसकेको जनगुनासा्े यहाँका नागरिकको छ । कोरोनाका विरामीलाई उपचारगर्नेदेखि अप्ठेरोमा परेका जनताको हक हितका लागि राज्यको भूमिका प्रभावहिन भएको आरोप जनताले सरकारमाथि लगाउँदै आएका छन् ।

यस्तै, युरोपेली युनियन (इयु) ले आफ्ना सदस्य राष्ट्रको रुपमा इटलीलाई दिएको सहयोग रकमलाई संस्थागतरुपमा दुरुपयोग गरेको गम्भीर आरोप सरकारले सामना गर्दै आएको छ । स्मरणीय के छ भने यही अभियोगमा वर्तमान मन्त्रीमण्डलमा सहभागी २ जना मन्त्रीहरुले केहीसमय अघि राजीनामा दिइसकेका छन् ।

वर्तमान सरकारको कार्यकाल सन् २०२३ को मार्चसम्म रहेको थियो । ५ वर्षे कार्यकालको लागि २०१८ मा गोन्टे नेतृत्वको सरकारले इटलीको सासनसत्ता सम्हालेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८*  घाइते ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

२०७९ फाल्गुन २८ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...

Top