Best Khabar Team | २०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१
मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना भाईरस प्रकोपमा राज्यको भूमिका प्रभावकारी नभएको जनगुनासो बढिरहेका बेला इटालीका प्रधानमन्त्रीले ‘नैतिकताको आधारमा’ राजीनामा दिएका छन् । उनले आज यहाँका राष्ट्रपति सर्जियो मातारेलासमक्ष राजीनामा बुझाएका हुन् । इटलीले अहिले कोरोना भाइरसको दोश्रो लहरको सामना गरिरहेको छ ।

तर प्रधानमन्त्री जुसेप कोन्टे नेतृत्वको सरकारले आम नागरिकको जनजीवन सहज बनाउने तथा स्वास्थ्य उपचारलगायतका विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै इटलीमा व्यापक गुनासो बढ्दै गएको बेला उनले एक्कासी राजीनामा बुझाएका हुन् । उनले आफ्ना निकटस्थहरुसँग कोरोनाको महामारी नियन्त्रणका लागि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिएको बताएका छन् ।
‘अहिलेको अवस्थामा जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेका कारण सरकारमा रहिरहनु उपयुक्त हुने नदेखेरै मैले राजीनामा बुझाएको हुँ’ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री कोन्टे नेतृत्वको सरकारले कोरोना भाइरसको प्रकोपयता जनअपेक्षा अनुसारको काम गर्न नसकेको जनगुनासा्े यहाँका नागरिकको छ । कोरोनाका विरामीलाई उपचारगर्नेदेखि अप्ठेरोमा परेका जनताको हक हितका लागि राज्यको भूमिका प्रभावहिन भएको आरोप जनताले सरकारमाथि लगाउँदै आएका छन् ।
यस्तै, युरोपेली युनियन (इयु) ले आफ्ना सदस्य राष्ट्रको रुपमा इटलीलाई दिएको सहयोग रकमलाई संस्थागतरुपमा दुरुपयोग गरेको गम्भीर आरोप सरकारले सामना गर्दै आएको छ । स्मरणीय के छ भने यही अभियोगमा वर्तमान मन्त्रीमण्डलमा सहभागी २ जना मन्त्रीहरुले केहीसमय अघि राजीनामा दिइसकेका छन् ।
वर्तमान सरकारको कार्यकाल सन् २०२३ को मार्चसम्म रहेको थियो । ५ वर्षे कार्यकालको लागि २०१८ मा गोन्टे नेतृत्वको सरकारले इटलीको सासनसत्ता सम्हालेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र...
युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...
Top