अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार


१२ डिसेम्बर, २०२०
न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै देशले बनाएको भ्याक्सिन (खोप) प्रयोगका लागि अमेरिकाले ‘आपत्कालीन अनुमति’ प्राप्त गरेको छ । कोरोना भाइरसको प्रकोपबाट दैनिक सयौंको संख्यामा नागरिकहरुको ज्यान गैरहेका बेला यहाँको नियमक निकाय खाद्य तथा औषधी विभाग (एफडी)ले कोरोनाबाट अति प्रभावित भएका उमेर समूह र अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

खोप प्रयोगको अनुमतिसँगै अबको केहीदिनभित्रै राजधानी न्यूर्योकलगायत देशका ३ दर्जन बढी स्थानबाट स्वास्थ्यकर्मी, बृद्धबृद्धालगायतका प्राथमिकतामा परेका समूहलाई लक्षित गर्दै खोप वितरण गर्न थालिने यहाँको सरकारी निकायको भनाई छ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस विरुद्धको खोप बनाउन अमेरिकाले सफलता पाएको भन्दै यसलाई केही घण्टाभित्रै प्रयोगमा ल्याइने बताएका छन् । उनले अमेरिकाको यो सफलताप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण नागरिकहरुलाई निःशुल्क रुपमा खोप वितरण गर्ने बताए ।

अमेरिकामा हालसम्म कोरोनाका कारण ३ लाख भन्दा बढी मानिसको ज्यान गै सकेको छ । अमेरिका भन्दा अघि बेलायत तथा रुसले आफ्ना देशका नागरिकका लागि कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति प्रदान गरिसकेको छ । बेलायतमा भने आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कामसमेत शुरु भै सकेको छ ।

दैनिक सयौंका संख्यामा नागरिकहरु कोरोनाबाट ज्यान गुमाइरहँदा तथा लाखौं नयाँ संक्रमित थपिइरहेको अमेरिकामा यहाँको स्वास्थ्य मन्त्रालय, खाद्यय तथा औषधी विभागलगायतका नियमक निकायले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि सरकारसँग पटक पटक अनुमति मागिरहेको भएपनि सरकारले हालसम्म अनुमति प्रदान गरेको थिएन । तर कारोनाबाट थप क्षति सामना गर्न नपरोस् भनेर ट्रम्प प्रशासनले हिजोमात्रै एफडीलाई खोप प्रयोगका लागि अनुमति दिएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकाको फाइजर र जर्मनीको बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना विरुको भ्याक्सिन हालसम्म बनेको कोरोना भ्यासिक्नभन्दा बढी अर्थात् ९५ प्रतिशत प्रभावकारी रहेको अध्ययनहरुले देखाएको छ । यसलाई माइनस ७० डिग्रि तापक्रममा राख्नुपर्ने भएकोले भण्डारण तथा ओसारपसारमा ठूलो चुनौती रहेको विज्ञहरुको भनाई छ ।

यो खोपको पहिलो डोज लगाएको २१ दिनपछि अर्को डोज लगाउनुपर्ने चिकित्सकहरुले जनाएका छन् । सन् २०१९ को डिसेम्बरबाट चिनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरसका कारण हालसम्म १६ लाख भन्दा बढी मानिसहरुले मृत्युबरण गर्नुपरेको छ । हाल युरोप, अमेरिका, रसिया, दक्षिण एसिया, अफ्रिकालगायत विश्वका अधिकांश देशहरु कोरोना भाइरसको चपेटाबाट गुज्रिरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका...

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी ‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

२०७७ भाद्र ९ गते मंगलबार

२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै...

Top