कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार


०३ सेप्टेम्बर, २०२०
नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशको सूचीको पहिलो नम्बरमा भारत परेको छ । भारतले पछिल्लो २४ घण्टामा (मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म) हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार २९ जना कोरोना संक्रमित भेटिएका छन् । जुन विश्वमा एउटै देशमा एकैदिन भेटिएका कोरोना संक्रमितमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै संख्याा हो । यसअघि पहिलो पटक जुलाई १६ मा विश्वमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएको रेकर्ड छ । जहाँ ७७ हजार २ सय ५५ जना कोरोना संक्रमित भेटिएका थिए ।

तर यो रेकर्डलाई पछि पार्दै भारतले अगस्ट २९ मा मात्रै ७८ हजार ९ सय ३ जना संक्रमित फेला परेको तथ्य सार्वजनिक गरेको थियो । भारतमा कोरोनाका कारण हालसम्म ६७ हजार ४ सय १५ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ भने हालसम्म ३८ लाख ४५ हजार भन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ । ३० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । यसका साथै नयाँदिल्ली, उत्तरप्रदेशलगायतका ठाउँहरुमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...

Suffering is a part of life… Suffering is a part of life…

२०७७ श्रावण ७ गते बुधबार

– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...

चरित्र अभिनेता ठकुरीको निधन चरित्र अभिनेता ठकुरीको निधन

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...

Top